११ खर्बको आयातमा दुई खर्बको पेट्रोलियम पदार्थ मात्रै
काठमाडौं, १२ जेठ । चालु आर्थिक वर्षको १० महिनामा ११ खर्ब ७८ अर्ब रुपैयाँको आयात हुँदा २ खर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । बजारमा इन्धनको माग बढ्दै गएकाले पेट्रोलियम पदार्थ सबैभन्दा धेरै आयात भएको हो ।
मुलुकमा आयात हुनेमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याकंअनुसार १० महिनामा २ खर्ब ६ अर्ब ९० लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।
बढ्दो विलाशिताले सवारी साधनको प्रयोग बढेसँगै बजारमा इन्धनको खपत वृद्धि हुँदै गएको हो । कारोबार दैनिकबाट