अब वैदेशिक रोजगारीमा जानेले अनलाइनबाट आफै कुन कम्पनीको कस्तो पदमा माग आयो हेर्न सक्ने


१२ जेष्ठ २०७६, आईतवार
bidesh

काठमाडौं, १२ जेठ । बैदेशिक रोजगारीमा जाने अधिकांशले आफू कुन कम्पनीको कुन पदमा काम गर्न जाँदैछु भन्ने समेत पत्ता पाउँदैनन् ।

आफूले काम गर्न जाने कम्पनी, पद र कामबारे जानकारी नहुँदा धेरै नेपालीहरु विदेश पुगेपछि समस्यामा पर्ने गरेका छन् । अर्थात आफूले चाहेको कामका लागि जान नसकिरहेको अवस्था छ । यस कारण म्यानपावर कम्पनीका व्यक्तिहरुको भरमा विदेश जानु पर्ने वाध्यता छ । तर, अब वैदेशिक रोजगारीमा जानेहरुले पहिले नै काम गर्न जाने देश, कम्पनी, पद र सेवा सुविधाबारे आफैले अनलाइनबाट जानकारी लिन पाउने भएका छन् ।

वैदेशिक रोजगारीमा जाने कामदारहरु अहिले माग (डिमाण्ड) हरुबारे जान्न ठूलो खर्च व्यहोरेर म्यानपावरमा चाहर्नु पर्ने वाध्यता छ । तर अब त्यो वाध्यताबाट मुक्ति मिल्ने भएको छ । वैदेशिक रोजगार विभागले कामदारको मागबारे अनलाइनबाटै जानकारी लिन सक्ने प्रविधिको विकास गरेको छ ।

विभागमा महानिर्देशक भीष्मकुमार भुसालका अनुसार कुन देशका कुन कम्पनीका कस्ता कामका लागि माग आएका छन् भन्ने अब विभागको अनलाइन जततउकस्ररायचभष्नलवयद।मयाभ।नयख।लउ मा हेर्न सकिने बताए ।

‘दलालहरुले आकास पातल जोडेर, बढाई चढाई गरेर, हुँदै नभएको काममा पठाउँछु भन्ने, मिल्दै नमिल्ने तलब पाइन्छ भन्ने र सोझासाझालाई ठग्ने काम भईरहेको छ,’ भुसालले भने,’ अब विदेशमा जान चाहेको काम र सीपको आधारमा वा देशको आधारमा वा पठाउने कम्पनीको आधारमा वा जागिर दिने कम्पनीको नाम राखेर अनलाइनमा हेर्ने वित्तिकै सत्यतथ्य के हो आइहाल्छ ।’

वैदेशिक रोजगारीमा जान इच्छुक व्यक्तिहरु अब दलालले दिएको आश्वासनको भर पर्नु नपर्ने उनले बताए । विभागको वेबसाइटमा गएर काम, दाम, कामदार लैजाने कम्पनी, पठाउने म्यानपावर एजेन्सी सबैको विवरण प्राप्त गर्नेछन् ।

हाल म्यानपावर कम्पनी र दलालहरुले कामदारलाई विभिन्न आश्वासन दिएर पासपोर्ट र रकम होल्ड गर्ने क्रम बढेको छ । यस्तो अवस्थामा कामदारले आफू जान लागेको देश, कम्पनी वा पठाउने म्यानपावरको पूर्व श्रम स्वीकृतिको विवरण विभागको वेबसाइटमा गएर सजिलै छड्के जाँच गर्न सक्छन् । यसबाट ठगी नियन्त्रणमा महत्वपूर्ण सफता मिल्ने आशा सरकारको छ ।

आफू जान लागेको काम कुन प्रकृतिको हो, कति न्युनतम् तदलब ब्यारेन्टी गरिएको छ, भनेजस्तै सुविधा छरछैन लगायतका विवरण हेर्न सकिने गरी यो प्रविधिको विकास गरिएको छ ।

यस्तै कुनै देश छनेट गरे त्यस देशका लागि कुन म्यानपावरमा कति जनाको कस्तो प्रकतिको माग आएको भन्ने पनि पत्ता लगाउन सकिने छ । यसबाट कामदारलाई पर्याप्त लाभ मिल्ने विश्वास सरकारको छ ।

1 15
2 15

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७