आफ्नो कारणले अरु उडान ढिलाई भएपछि मेक्सिकोको मन्त्रीले दिइन् राजीनामा


१२ जेष्ठ २०७६, आईतवार
mantri

काठमाडौं, १२ जेठ । आफ्नो उडानका कारण अरु उडानलाई असर परेपछि मेक्सिकोकी वातावरण मन्त्री जोसेफा गोन्जालेज ब्लान्को अर्टिज मेनाले राजीनामा दिएकी छन् ।

सरकारी कामका लागि विमानबाट अन्यत्र जाने क्रममा अरु व्यवसायिक जहाजको उडानमा ढिलाई भएको भन्दै चर्को आलोचना भएपछि उनले राजीनामा दिएकी हुन् । मन्त्री मेनाले आफूले गर्दा विमानमा सवार यात्री र विमान चालकहरुलाई ढिला हुन पुगेको भन्दै दिएको राजीनामा राष्ट्रपति आन्ड्रेस म्यानुएल लोपेस ओब्राडोरले स्वीकृत पनि गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

राष्ट्रपति ओब्राडोरको सरकारबाट एक हप्तामा राजीनामा दिने उनी दोस्रो सरकारी अधिकारी हुन् । यसअघि बजेट कटौती गरेको भन्दै मेक्सिकोका सामाजिक सुरक्षा विभागका प्रमुखले राजीनामा दिएका थिए । डिसेम्बरबाट राष्ट्रपति पद सम्हालेका ओब्राडोरले अघिल्ला राष्ट्रपतिले प्रयोग गर्ने गरेका विलासी जहाज प्रयोग नगरी आम नागरिकले झैं व्यवसायिक विमान प्रयोग गरिरहेका छन् ।

नेपालमा भने प्रधानमन्त्रीदेखि राष्ट्रपति समेत आफू विदेश जाँदा–आउँदा घण्टौं आकाश जाम गराउँछन् । यसको सर्वत्र आलोचना भए पनि सुधार्ने तर्फ कुनै कदम चालिएको छैन । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७