समर वेयरमा हट देखिएकी दिशा


१२ जेष्ठ २०७६, आईतवार
Disha Patani 1

काठमाडौं, १२ जेठ । उखरमाउलो गर्मीमा कस्तो पहिरन लगाउने ? दिशा पटानीबाट सिक्न सकिन्छ । हालै मात्र उनी समर वेयरमा ठाँटिएकी छिन् र उक्त तस्वीर आफ्नो इन्स्टाग्राममा साझेदार गरेकी छिन् । उनी समर वेयरमा निकै हट देखिएकी छिन् । इन्टाग्राममा दिशाले नियोन ओरेन्ज ड्रेसको तस्वीर साझेदार गरेकी हुन् । नियोन कलर अहिले फेशन ट्रेन्ड बनेको छ ।

उनी बलिउडमा दुई कारणले चर्चित छिन् । अभिनेत्रीको रुपमा र टाइगर श्राफकी गर्लफ्रेन्डको रुपमा । टाइगरसँग उनको अफेयर चलेको धेरै समय वितिसक्यो । यसबीचमा उनीहरुले एकसाथ फिल्म खेलेका छन् । ‘बागी २’ मा दिशा र टाइगरको जोडीलाई देख्न सकिन्छ । एक फिल्मको छायांकनमा लुकीपिछी चुरोट तानेको र एयरपोर्टमा दिशा र टाइगरको रोमान्सले निकै चर्चा पाएको थियो ।

उनले बलिउडमा त्यती फिल्म खेलेकी छैनन्, जति चर्चा बटुलेकी छिन् । त्यसो त उनी सोसल मिडियामा पनि निकै सक्रिय छिन् । उनको इन्टाग्राममा १ दशमलव ९६ करोड फलोअर्स छन् । पछिल्लो समय उनी सलमान खानको फिल्म ‘भारत’ मा देखिदै छिन् । यसमा दिशालाई एक्सन अवतारमा देख्न सकिने छ । उक्त फिल्ममा सलमानसँगै क्याटरिना कैफ पनि मूख्य भूमिकामा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७