मेडिकल छात्रामाथि डाक्टरको चरम यातना, अस्पतालमै गरिन आत्महत्या


१२ जेष्ठ २०७६, आईतवार
payal

काठमाडौं, १२ जेठ । एक एमडीकी दोस्रो वर्षकी छात्राले मुम्बईमा आत्महत्या गरेकी छन् । मुम्बईमा बिवाइएल नायर नामको एउटा अस्पताल छ । २२ मेमा यो अस्पतालमा एमडीकी दोस्रो वर्षकी छात्राले आत्महत्या गरेकी हुन् ।

मृतकको नाम पायल सलमान तडवी हो । २६ वर्षकी पायल महाराष्ट्रको जलगांजमा बस्थिन् । उनी अस्पतालमा ‘रेजिडेन्ट डाक्टर’ थिइन् । मिडिया रिपोर्टका अनुसार महाराष्ट्र असोसिएशन अफ रेजिडेन्ट डाक्टर्स (एमएआरडी) का एक प्रतिनिधिले २२ मेमा पायलले तीन शल्यक्रिया गरेको बताए । उनका अनुसार कुनै तनावमा नदेखिएकी पायल शल्यक्रिया पछि आफ्नो कोठामा गइन् । आफ्नो स्कार्फलाई पङ्खा बनाएर फाँसीमा चढिन् ।

पायलका परिवारका सदस्यले अस्पतालकै तीन सिनियर डाक्टरले उनलाई टर्चर गर्ने गरेको आरोप लगाए । पायल आदिवासी समुदायसँग थिए । र उनले आरक्षण कोटाबाट भर्ना लिएकी थिइन् । पायलकी आमाको आरोप अनुसार वरिष्ठ डाक्टरले उनलाई जाती र आरक्षण कोटाबाट भर्ना लिएको विषयमा पटकपटक कमेन्ट गर्ने गर्थे ।

उनलाई आराम गर्न नदिई घण्टौं काम गराउने परिवारको आरोप छ । सिनियर डाक्टरले उनलाई अपरेशन थिएटरमा काम गर्न नदिने पनि आरोप छ । पायलको परिवारले पुलिसलाई ह्वाट्सएप ग्रुपको च्याट पनि देखाएका छन् जसमा आरोपी डाक्टरले उनीमाथि जातीय टिप्पणी गरिरहेका छन् ।

पुलिसका अनुसार पायलले दुई महिनाअघि नायक अस्पतालको एचओडीलाई लिखित उजुरी पनि दिएकी थिइन् । तर पछि श्रीमानको आग्रहपछि उनले आफ्नो उजुरी फिर्ता लिइन् । पायलका श्रीमान् पनि मुम्बईका डाक्टर हुन् ।

तीनै आरोपी डाक्टर अहिले फरार छन् । पुलिसले उनीहरुविरुद्ध आत्महत्याको लागि उक्साएको, एन्टी र्‍यागिङ एक्टलगायत अन्य मामलामा मुद्दा दर्ता गर्दै उनीहरुको खोजी गरिरहेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७