‘इण्डियन २’ को च्याप्टर बन्द भएको छैन


१२ जेष्ठ २०७६, आईतवार
kajal agarwal hot looking

काठमाडौं, १२ जेठ । काजल अग्रवाल, दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री हुन् । बाहुबली फिल्म निर्देशक एसएस राजमौलीको फिल्म ‘मगधीरा’ बाट चम्किएकी काजल बलिउडमा पनि छाएकी छिन् । उनले सन् २००४ मा ‘क्यूँ हो गया ना’ बाट बलिउड डेब्यु गरेकी थिइन्, जसको मुख्य चरित्र विवेक ओबराय र ऐश्वर्य रायले निर्वाह गरेका थिए ।

उनै काजल अग्रवाल अभिनित फिल्म ‘सीता’ यतिबेला प्रदर्शनको तयारीमा छ । तर, यसपालि उनको चर्चा चाहि अर्को फिल्म ‘इण्डियन २’ को कारण भएको हो । कमल हसनको उक्त फिल्ममा काजल नै मुख्य भूमिकामा थिइन् । तर, उक्त फिल्म लफडामा परेको थियो । निर्माता र निर्देशकबीचको झगडाले उग्ररुप लिएपछि छायांकन हुँदाहुँदैको फिल्म लफडामा परेको हो । त्यसपछि उक्त फिल्म नै नबन्ने हल्ला थियो ।

यसैबीच काजलले भनेकी छिन्, ‘उक्त फिल्म नबन्ने भन्ने जुन हल्ला छ, त्यो मनगढन्ते हो । यसका लागि छायांकनको तयारी भइरहेको छ । काजलको अनुसार जुन १ बाट फिल्मको छायांकन हुँदैछ ।’ कमल हसनसँग फिल्म खेल्ने कुराले आफू उत्साहित भएको पनि उनले बताएकी छिन् ।

पछिल्लो समय उक्त फिल्म किन नबन्ने भयो भनेर विभिन्न अड्कलबाजी गरिदै आएको थियो । एउटा कारण के पनि थियो भने, फिल्मका निर्देशक कमल हसनको लुक्स र मेकअपबाट खुशी थिएनन् । यही कारण उनीहरुवीच लफडा भएको थियो । अर्को कारण चाहि निर्माता र निर्देशकबीच फिल्मको बजेटलाई लिएर झगडा भएको थियो ।

यस फिल्मका निर्देशक एस शंकर हुन् भने निर्माता लायका प्रोडक्सन हो । लायका र शंकरले फिल्म ‘रोबोट २.०’ का लागि हातेमालो गरेका थिए । तर, उक्त फिल्ममा पनि अनुमान गरेभन्दा बढी बजेट लागेको थियो । लायका दोस्रो फिल्म अर्थात ‘इण्डियन २’ मा पनि यस्तो लफडाबाजीमा पर्न चाहँदैनन् । जबकी निर्देशक एस शंकर भने बढी खर्च गर्न चाहन्थे । यही कारण फिल्म छायांकन रोकिएको थियो ।

काजलको पछिल्लो भनाईले निर्देशक र निर्माताबीचको तुष मेटिएको संकेत मिल्छ । काजलको अनुसार फिल्म बिग बजेटकै हो, जो निर्माताले चाहेका थिए । एस शंकरको यो फिल्ममा कमल हसनको मुख्य भूमिका छ । उनी भ्रष्ट प्रणालीको विरुद्ध उभिएका छन् । भ्रष्टाचार गर्नेको विरुद्ध उनी जुनसुकै हदसम्म पुग्न सक्छन् ।

यसमा कमल हसनसँगै मनिषा कोइराला र उर्मिला मातोंडकर पनि देखिनेछन् भन्ने चर्चा थियो । तर, अहिले काजल र सिद्धार्थले उनीहरुलाई विस्थापित गरिदिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७