राहुल गान्धीले हारेको अमेठीमा भाजपा नेताको गोली हानी हत्या


१२ जेष्ठ २०७६, आईतवार
smriti

काठमाडौं, १२ जेठ । भारतीय लोकसभा चुनावमा कांग्रेस अध्यक्ष राहुल गान्धीले हारेको अमेठीमा भाजपा नेताको गोली हानी हत्या गरिएको छ ।

भारतीय लोकसभा चुनावमा उत्तर प्रदेशको अमेठीबाट कंग्रेस अध्यक्ष राहुल गान्धीलाई हराएर भाजपा नेतृ स्मृति इरानी विजयी भइन् । इरानीले गान्धी परिवारको गढ अमेठीमा पहिलो पटक जितेकी हुन् । उनको जीतको दुई दिनपछि अमेठीमा भाजपाका एक स्थानीय नेताको गोली हानी हत्या गरिएको हो ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार इरानीसँग निकट सम्बन्ध भएका भाजपा नेता सुरेन्द्र सिंहलाई शनिबार गोली हानी हत्या गरिएको हो । गोली लागेर घाइते भएका सिंहलाई उपचारका लागि लखनऊ लगे पनि उनी बाँच्न सकेनन् ।

सिंह अमेठीको बाराउलिया गाउँका पूर्व प्रमुख थिए । उनको हत्या पारिवारिक कारणले भएको हो कि त्यसका पछि कुनै राजनीतिक कारण छ भन्नेबारेमा खुलिनसकेको प्रहरीले जनाएको छ । घटनामा संलग्न केहीलाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ ।

अमेठी त्यही क्षेत्र हो, जहाँबाट राहुल गान्धीका काका सन्जय गान्धी, बुवा राजीव गान्धी, आमा सोनिया गान्धीले चुनाव लड्दै आएका थिए । २००४ पछि राहुल त्यहाँबाट सांसद बनिरहेका छन् । अमेठीमा सन् १९७५को संकटकाल लगाएपछि भएको १९७७ मा चुनावमा इन्दिरा गान्धी पनि पराजित भएकी थिइन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७