बिरामीको अपरेसनमा डाक्टर नै चकित, पेटबाट निकालियो आठ चम्चा, दुई स्क्रुड्राइभर, दुई टुथब्रस र एउटा चक्कु


१२ जेष्ठ २०७६, आईतवार
birami 1

काठमाडौं, १२ जेठ । कहिलेकाँही शल्यक्रिया गर्दा डाक्टरहरुले गज (अपरेसनमा प्रयोग गरिने सानो कपडा) पेटमै छाडि दिएको घटना नेपालमा हुने गरेको छ । जसलाई पुनः शल्यक्रिया गरेर निकालिएको खबर यदाकदा सुन्न पाइन्छ । तर बिरामीको पेटबाट ८ वटा चम्चा, २ वटा स्क्रुड्राइभर, २ वटा टुथब्रस र १ वटा चक्कू निकालिएको घटना पत्याउनु हुन्छ ?

हो, यही घटना घटेको छ भारतको हिमालञ्चल प्रदेशमा जसले तपाईंलाई अचम्मित तुल्याउँछ ।
श्री लालबहादुर शास्त्री गभर्मेन्ट मेडिकल कलेज मन्डीका चिकित्सकले शनिबार ३५ वर्षीय एक बिरामीको पेटबाट ८ वटा चम्चा, २ वटा स्क्रुड्राइभर, २ वटा टुथब्रस र १ वटा चक्कू निकालेका छन् ।

यी बिरामीको उपचारमा संलग्न डाक्टर निखिलले भने, ‘हामीलाई जब यस घटनाबारे थाहा भयो । त्यसपश्चात हाम्रो टिमले अकस्मात बिरामीको अपरेशन र्गयौं। अब अहिले उनको स्वास्थ्य स्थिति जोखिममुक्त छ ।’ उनका अनुसार उनी मानसिक रोगबाट ग्रसित बिरामी हुन् ।

‘किनभने कोही पनि आमनागरिकले चम्चा र चक्कू खान सक्दैन । यो एकदम आश्चर्यजनक घटना हो,’ उनले भने, ‘अहिलेसम्म अपरेशनको दौरान कैंची वा कुनै औजार पेटमै रहेको घटना बाहिर आएको थियो तर यो घटना भने दुर्लभ खालको छ ।’

उपचारमा संलग्न अर्का डाक्टर रणेश चौहानले भने, ‘जब बिरामीलाई यहाँ ल्याइएको थियो उसको पेटबाट आधा चक्कू पेट बाहिर निक्लिरहेको थियो । यस किसिमको मानसिक रोगलाई मेडिकल भाषामा ‘बेजोर्अस’ भनिन्छ ।

यस्ता रोग भएका बिरामीले कुनै पनि अपत्यारिलो सामान सजिलै निल्न सक्छन् । उसलाई आफूले के खाइरहेको छु भन्ने कुरा पनि थाहा हुुुँदैन ।’ अचम्म मान्नु पर्ने यो पनि कुरा छ कि उनले कसरी यी सामान खाए होलान् ? जुन अहिलेसम्म पत्ता लाग्न सकेको छैन । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७