धरानमा दिनदहाडै ‘गोली’ चल्यो


१२ जेष्ठ २०७६, आईतवार

सुनसरी, १२ जेठ । सुनसरीको धरानमा दिन दहाडै गोली चलेको छ । जीवन विकास लघुवित्तको सेवा केन्द्र धरानका कर्मचारी शम्भु गच्छदारले आफूलाई गोली हानी तीन लाख रुपैयाँ लुटिएको दाबी गरेका छन् ।

धरान–५ साउनेमा लघुवित्तको पैसा लैजाँदै गर्दा नचिनेका मानिसले गोली हानी पैसा लुटेको गच्छदारले जानकारी गराएको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले बताएका छन् ।

गच्छदारको कुहिनो र कम्मरमा चोट लागेको भए पनि गोली हानिएको र रकम लुटिएकोबारे अहिल्यै भन्न नसकिने अधिकारीले बताएका छन् । प्रहरी उपरीक्षक अधिकारीसहितको प्रहरी टोली घटनास्थलतर्फ गइसकेको छ । घटनाबारे अनुसन्धान र छानविनपछि मात्र सबै कुरा भन्न सकिने उनले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७