बुद्ध एयरले भोलिदेखि काठमाडौं–कोलकत्ता उडान भर्दै, कुन–कुन दिन छ उडान ?


१२ जेष्ठ २०७६, आईतवार
buddha

काठमाडौं, १२ जेठ । बुद्ध एअरले सोमबार देखि काठमाडौ–कोलकाता उडान गर्ने भएको छ ।
बुद्ध एअरले आइतबार पत्रकार सम्मेलन गरी उडानबारे जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले सोमबारदेखि काठमाडौं–कोलकाता–काठमाडौंको व्यवसायिक उडान गर्न लागिएको जानकारी दिएका छन् ।

बुद्ध एयरले सातामा तीन दिन सोमबार, बुधबार र शुक्रबार काठमाडौं–कोलकाता उडान गर्न लागेको हो । अन्तर्राष्ट्रिय उडानको अभ्यासको रुपमा शुरु गर्न लागिएको काठमाडौं–कोलकाता उडान सफल भए अन्य स्थानका लागि अन्तर्राष्ट्रिय उडान शुरु गरिने प्रबन्ध निर्देशक बस्नेतले जानकारी गराए ।

हरेक सोमबार, बुधबार र शुक्रबार बिहान ८ बजे काठमाडौंबाट बुद्ध एअरको जहाज कोलकाताका लागि उड्ने छ भने बिहान साढे १० बजे कोलकाताबाट काठमाडौंका लागि जहाज उड्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७