अनामनगर र सुकेधारामा सिलिण्डर विष्फोट, ६ जना घाइते


१२ जेष्ठ २०७६, आईतवार
sukedhara blast 7 1

काठमाडौं, १२ जेठ । काठमाडौंको सुकेधारास्थित ढलाने पुल नजिकै ग्याँस सिलिण्डर विष्फोट भएको छ । विष्फोटमा हुँदा ६ जना घाइते भएको जनाइएको छ ।

सैलुनमा रहेको ग्याँस सिलिण्डर पड्किएर उनीहरु घाइते भएको प्रारम्भिक अनुसन्धानमा गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन् ।

घाइतेमध्ये पाँच जनाको ओम अस्पताल र टिचिङ अस्पतालमा उपचार भइरहेको छ प्रहरीले जनाएको छ । यस्तै आनमनगरमा पनि सिलिण्डर पड्किएको छ । क्षतिको विवरणमा आउन बाँकी छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७