हलिउड अभिनेत्री तथा गायिका ‘म्यान्डी मुर्रे’ सगरमाथा आरोहणका लागि नेपालमा


१२ जेष्ठ २०७६, आईतवार
0019 05 929f98bea08d02f4337777240169dbdb

काठमाडौं, १२ जेठ । बसन्त ऋतुको आगमनसँगै पर्वतारोहणको मौसम छ । वर्षेनी हजारौँको संख्यामा पर्वतारोहीले हिमाल चढ्ने अनुमति लिइरहेका हुछन् । मौसम अनुकूल परेको बेलामा सगरमाथामा ट्राफिक जामको खबर पनि आहिरहेका छ ।

एड्भेन्चरमा रमाउने सर्वसाधारणदेखि कला पारखी, अभिनेता–अभिनेत्री पनि पछिल्लो समय सगरमाथा आरोहणमा आकर्षित भइरहेका छन् । यसैबीच हलिउड एक्ट्रेस एवं गायिका म्यान्डी मुर्रे हिमाल चढ्न नेपाल आइपुगेकी छन् । आफ्ना नजिकका केहि साथीहरुसँग सगरमाथा चढ्न नेपाल आएकी उनले बेस क्याम्पबाट केहि तस्बिरहरु सार्वजनिक गरेकी छिन् ।

युएस विक्लीका अनुसार १० दिने ट्रेकलाई मुर्रे नेपाल आइपुगेकी हुन् । उनका अनुसार सगरमाथा शिखरमा पुग्नु आफ्ना लागि अहिलेसम्मकै एड्भेन्चर क्षण हुनेछ । गोल्डेन ग्लोब्सलगायतका अवार्डमा मनोनित भइसकेकी उनको यस वर्ष चलचित्र ‘फ्यामिली गाइ’ रिलिज हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७