प्रहरी स्रोत भन्छ, ‘विष्फोटमा मृत्यु हुने विप्लव कार्यकर्ता’


१२ जेष्ठ २०७६, आईतवार
sukedhara blast 6

काठमाडौं, १२ जेठ । काठमाडौंको दुई स्थानमा भएको ग्याँस सिलिण्डर विष्फोटमा मृत्यु हुनेहरु नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका कार्यकर्ता हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

सोमबारका लागि आह्वान गरिएको नेपाल बन्दमा विष्फोट गराउने योजनाअनुरुप सिलिण्डर बम परीक्षणका क्रममा भएको विष्फोटमा विप्लव समूहका कार्यकर्ताको मृत्यु भएको हुनसक्ने प्रहरी स्रोतले दावी गरेको छ ।

घटनास्थलहरुमा प्रहरीले अनुसन्धान जारी राखेका छन् । आइतबार अपराह्न ग्याँस विष्फोटनमा परी सुकेधारामा दुई र अनामनगरमा एक जनाको ज्यान गएको छ । सरकारले आफ्ना कार्यकर्तामाथि दमन गरेको भन्दै चन्द समूहले भोलि सोमबारका लागि बन्द आह्वान गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७