अनामनगर विष्फोट : एकको मृत्य, विप्लवको इकाइ सभापति घाइते, यस्ता भेटिए पर्चा


१२ जेष्ठ २०७६, आईतवार
Biplaw

काठमाडौं, १२ जेठ । अनामनगरको घट्टेकुलोस्थित एक घरमा भएको सिलिण्डर ग्याँस विष्फोटमा एक जनाको मृत्यु भएको छ । विष्फोट भएको ठाउँमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको पर्चा भेटिएको छ ।

महानगरीय प्रहरी परिसर टेकुका एसपी अशोक सिंहले दिएको जानकारी अनुसार विष्फोट भएको स्थानमा विप्लवको पार्टीका पर्चा, पम्पलेट फेला परेका छन् । पर्चामा ‘नेपाल बन्द सफल पारौँ’लगायतका नारा लेखिएका छन् ।

अहिले अन्य विष्फोटक सामग्री हुन सक्ने आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ । मृतकको सनाखत हुन सकेको छैन । मृतकको शव क्षत विक्षत भएकाले पहिचान हुन नसकेको एसपी सिंहले जानकारी दिए ।

विष्फोटमा रविन केसी घाइते भएका छन् । घाइते रविन केसी ‘विप्लव’ नेतृत्वको विद्यार्थी संगठनका नेता तथा त्रिचन्द्र कलेजका इकाइ सभापति हुन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७