विष्फोटमा घाइते तीन जनाको आईसीयूमा उपचार हुँदै


१२ जेष्ठ २०७६, आईतवार
sukedhara blast 7 1

काठमाडौं, १२ जेठ । काठमाडौंको सुकेधारामा भएको विष्फोटमा घाइते भएकामध्ये ३ जनाको ओम अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।

घाइते भएका पाँच जनामध्ये तीन जनाको आईसीयूमा र दुई जनाको इमर्जेन्सीमा उपचार भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ । त्यस्तै वीर अस्पतालमा एक जनाको उपचार भइरहेको छ । उनी अनामनगर विष्फोटमा घाइते भएका व्यक्ति भएको प्रहरीले जनाएको छ ।

ओम अस्पतालमा उपचार गराइरहेकामध्ये दुई जनाको पहिचान भएको छ । हरि खड्का र सुरेन्द्र महर्जन भएको प्रहरीले जानकारी दिएको छ । आइतबार दिउँसो भएको विष्फोटमा अहिलेसम्म तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७