मोदीलाई माधव नेपालको टेलिफोनबाट बधाई


१२ जेष्ठ २०७६, आईतवार
madhav nepal

काठमाडौं, १२ जेठ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरी बधाई दिएका छन् ।

भारतको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) तथा उसको गठबन्धन नेशनल डेमोक्रेटिक एलायन्स(एनडीए)ले विजय हासिल गरेमा नेता नेपालले फोन गरी मोदीलाइ बधाई दिएका हुन् ।

उनले मोदीलाई सफल कार्यकालको शुभकामना दिएका छन् । भारतीय जनता पार्टीबाट सर्वसम्मत रुपमा संसदीय दलका नेता भएका मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री हुँदैछन् ।


ता नेपालको स्वकिय सचिव मोहन गौतम अनुसार जवाफमा भारतीय प्रधानमन्त्री मोदीले नेता नेपालले मोदीलाई फोन गरी नेपाल–भारत सम्बन्ध सुधार हुनेसमेत अपेक्षा गरेका छन् । मोदीले नेता नेपाललाई धन्यबाद दिँदै नेपाल–भारत सँगसँगै रहेर काम गर्न चाहेको बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७