कर्मचारीहरुलाई खुशीको खबर, तलव २० प्रतिशत बढ्ने, वृद्ध भत्ता पाँच सय बढ्दै


१३ जेष्ठ २०७६, सोमबार
karmachari staff covil wNY50lo5Zy

काठमाडौं, १३ जेठ । आगामी वर्षको बजेट आउन अब केहि दिन मात्र बाँकी छ । बजेट प्रस्तुत हुने दिन नजिकिंदै गर्दा कर्मचारी वर्गमा तलव वृदि होला कि नहोला, भए कति तलव वृद्धि होला भन्ने चासो बढेको छ ।

केही समयदेखि कर्मचारी संगठनहरुले तलब र भत्ता बढाउन अर्थमन्त्री खतिवडालाई दबाब दिँदै आएका छन् । अर्थमन्त्रीसँगको छलफलमा उनीहरु कर्मचारीको तलव २० प्रतिशत बढाउन सहमत भएको अधिकारीले बताएका छन् ।

यस्तै नेकपा नेतृत्वको सरकारले पार्टीको चुनावी घोषणापत्रमा गरेको वाचाअनुसार आगामी वर्षको बजेटमार्फत सामाजिक सुरक्षा भत्ता कम्तीमा पाँच सय रुपैयाँ बढाउने तयारी गरेको छ ।
नेकपाले प्रतिनिधिसभासहित तीन तहको निर्वाचनका बेला जनतामाझ लगेको घोषणापत्रमा सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्‍याउने भनेको थियो ।

यो घोषणाले चुनावमा बहुमत ल्याउन नेकपालाई सहयोग पुगेको चर्चा चले पनि गत वर्षको बजेटमा भत्ता नबढाउँदा सरकारको आलोचना भएको थियो । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७