सिरी ‘ए’ को अन्तिम खेलमा युभेन्टस पराजित, खड्कियो रोनाल्डोको अभाव


१३ जेष्ठ २०७६, सोमबार
siri

काठमाडौं, १३ जेठ । इटालीयन लिग फुटबल सिरी ‘ए’ को अन्तिम खेलमा च्याम्पियन युभेन्ट्स पराजित भएको छ ।

युभेन्टसलाई गए राति भएको खेलमा साम्पडोरियाले २–० ले हराएको हो । घरेलु मैदानमा साम्पडोरियालाई विजयी गराउन ग्रिगोइर डिफ्रेल र जियानलुका काप्रारीले एक–एक गोल गरे ।

हारसँगै स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो बिना मैदानमा उत्रिएको युभेन्ट्सले सिजनको अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्न सकेन । यसअघि नै च्याम्पियन बनेको युभेन्ट्सले ३८ खेलबाट ९० अंक जोड्यो ।

यो सिजनको सिरी ए फुटबलबाट च्याम्पियन युभेन्टससँगै नापोली, एटलान्टा र ईन्टर मिलान पनि आगामी सिजनको युएफा च्याम्पियन्स लिग फुटबलका लागि छानिएका छन् । पाँचौ स्थानको एसी मिलान र छैटौं स्थानको ए.एस रोमा युरोपा लिगमा थन्किएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७