बन्द अवज्ञा गरेको भन्दै ट्रक जलाइयो, सेनाद्वारा प्रेसर कुकर बम डिस्पोज


१३ जेष्ठ २०७६, सोमबार

मकवानपुर, १३ जेठ । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै सोमबार बिहान हेटौंडाको चौकीटोलमा एउटा गाडीमा आगजनी गरेका छन् ।

truck 1
फाइल फोटो

त्रिभुवन राजपथ अन्तर्गत हेटौंडाको चौकी टोलमा प्रहरी चौकी नजिकै ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भटराईले जानकारी दिएका छन् । आगजनीका कारण गाडी पूर्णरुपमा जलेको छ ।

यस्तै आज बिहान हेटौंडाको बुद्धचोक नजिक प्रेसर कुकर बम फेला परेको थियो । बम राखेको थाहा पाउना साथ प्रहरीले नेपाली सेनालाई खबर गरेर बिहान ५ बजेतिर बम डिस्पोज गरिएको प्रहरी नायव उपरीक्षक भट्टराईले बताए । विप्लव नेतृत्वले गरेको बन्दका कारण हेटौँडा बजार सुनसान बनेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७