विप्लवको देशैभर बम ‘आतंक’ : पाँच ठाउँमा आगजनी, २३ स्थानमा शंकास्पद वस्तु फेला

कुन–कुन जिल्ला बन्दबाट प्रभावित ?


१३ जेष्ठ २०७६, सोमबार
biplab

काठमाडौं, १३ जेठ । प्रतिबन्धित नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपाले सोमबार गरेको बन्दका कारण देशभरको जनजीवन प्रभावित बनेको छ ।

काठमाडौं उपत्यकासहित देशका अधिकांश जिल्लामा बम आतंक देखिएको छ ।
आज बिहानैदेखि विभिन्न स्थानमा बम तथा शंकास्पद वस्तु समेत फेला परेका छन् । करिब २३ वटा जिल्लामा बम तथा शंकास्पद वस्तु फेला परेको प्रहरीले जानकारी दिएको छ ।

राजधानीमा केहि बढी गाडीहरु चले पनि उपत्यका बाहिरका जिल्लाका राजमार्गमा सवारी चल्न सकेका छैनन् । मकवानपुर, सुर्खेत, नवलपरासी गरी पाँच स्थानमा विप्लव कार्यकर्ताले बस तथा ट्रकमा आगजनी र तोडफोड समेत गरेका छन् । विप्लव कार्यकर्ताले गरेको तोडफोड तथा आगजनीबाट भएका क्षतिबारे विवरण आउन बाँकी छन् ।

बाक्लो संख्यामा सुरक्षाकर्मी
बन्दका क्रममा अप्रिय घटना हुन नदिन गृह मन्त्रालयले सुरक्षा निकायहरुलाई ‘हाइ अलर्ट’ रहन निर्देशन दिइसकेको छ । गृहको निर्देशन अनुसार नै सबै जिल्लामा सुरक्षा अवस्थालाई चुस्त बनाइएको सुरक्षा निकायका प्रमुखहरुले बताएका छन् ।

bomb
bomb2
bomb3
bomb4

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७