कांग्रेसका महत र केसी पराजित गर्दै वाम गठबन्धन विजयी


२४ मंसिर २०७४, आईतवार
नुवाकोटमा कांग्रेसका हेभीवेटहरू रामशरण र अर्जुननरसिंह दुवै पछाडि4157

नुवाकोट: नेपाली कांग्रेसका दुई प्रभावशाली नेताहरु डा.रामशरण महत र अर्जुन नरसिंह केसी नुवाकोटबाट भारी मतान्तरले पराजित भएका छन् ।

नुवाकोटमा कांग्रेसका हेभीवेटहरू रामशरण र अर्जुननरसिंह दुवै पछाडि4157
नुवाकोट क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका नेता हितवहादुर तामाङ ३६ हजार ४७३ मत प्राप्त गरी बिजयी भएका छन् । उनले कांग्रेस नेता डा।रामशरण महतलाई करीव ९ हजारको मतान्तरमा पराजित गरेका हुन् । महतले २७ हजार ९२० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसअघि ०६४ र ०७० मा महतसँग हितबहादुर पराजित भएका थिए । तेस्रो प्रयासमा तामाङले महतलाई जिते ।

कांग्रेसका अर्का नेता अर्जुन नरसिंह केसीलाई एमालेका जिल्ला अध्यक्ष नारायण खतिवडाले नुवाकोट २ मा १० हजार मतान्तरले पराजित गरेका छन् । नारायण खतिवडा ३६ हजार ८९२ मत पाएर बिजयी हुँदा अर्जुन नरसिंह २६ हजार ३३५ मा रोकिए ।

नुवाकोटमा महत र केसी परिवारको लामो समयदेखिको प्रभाव यसपटक वामपन्थी गठबन्धनले ध्वस्त बनाइदिएको छ । नुवाकोट १ को प्रदेशसभा क मा माओवादी केन्द्रकी राधिका तामाङ १८ हजार १३७ मत प्राप्त गरी बिजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका महेन्द्र थिङले १३ हजार ३६८ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा ख मा एमालेका बद्री मैनाली २० हजार ५०९ मत प्राप्त गरी बिजयी भएका छन् । उनले कांग्रेसका रमेश महतलाई ८ हजारको मतान्तरमा पराजित गरेका हुन् । महतले १२ हजार २१७ मत प्राप्त गरे ।
उता नुवाकोट २ को प्रदेशसभा क बाट एमालेका केशव पाण्डे २० हजार ९ मत प्राप्त गरी बिजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीले १२ हजार ७२९ मत प्राप्त गरेका छन् ।
प्रदेशसभा खबाट माओवादीका हिरानाथ खतिवडा १७ हजार ६२ मत प्राप्त गरि बिजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका जगत तामाङले १४ हजार ३ मत पाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७