‘सुन्दरी’ सांसदको चुलिंदै चर्चा, सामाजिक सञ्जालमा खोजी बढ्यो


१३ जेष्ठ २०७६, सोमबार
mimi2

काठमाडौं, १३ जेठ । भारतको लोकसभा निर्वाचनमा ऐतिहासिक सफलता हात पार्दै भारतीय जनता पार्टीले सरकार गठनको तयारी गरेको छ ।

नयाँ सरकार गठनको चर्चासँगै नव निर्वाचित सांसदहरुको पृष्ठभूमि, सम्पत्ति, सामाजिक जीवनलगायतका विषयमा समाचारहरु प्रकाशमा आउन थालेका छन् । यसै क्रममा पछिल्लो समय चर्चाको शिखरमा छिन्–मिमी चक्रवर्ती ।

mimi

उनी नव निर्वाचित सांसद हुन् । पेशाले कलाकार रहेकी उनले राजनीतिक जीवनको शुरुवात सांसदका रुपबाट गर्दैछिन् । हालै सम्पन्न निर्वाचनमा उनी तृणमुल कांग्रेस पार्टीबाट उम्मेदवार बनेकी थिइन् । उनी पश्चिम बंगालको जादवपुर क्षेत्रबाट निर्वाचित भएकी हुन् । उनलाई १७ औं लोकसभाको ‘सुन्दरी सांसद’ भनेर भारतीय सञ्चारमाध्यमले टिप्पणी गरेका छन् ।

mimi3

बंगाली चलचित्रमा अभिनेत्रीको भूमिका निर्वाह गर्दै आएकी उनले संसदमा नेत्रीका रुपमा कस्तो भूमिका निर्वाह गर्ने हुन् ! कौतुहलताको विषय बनेको छ । सामाजिक सञ्जालमा सक्रिय मिमीलाई धेरैले शुभकामना समेत दिएका छन् । प्रशंसकहरुले उनको राजनीतिक जीवन सफल बन्ने विश्वास व्यक्त गरेका छन् ।

mimi1

उनले अभिनय गरेका दुई चलचित्र यसै वर्ष प्रदर्शनमा आउने तयारी छ । करिब एक दशकदेखि बंगाली चलचित्र र टेलिभिजनमा ख्याती कमाएकी यी ३० वर्षीय सुन्दरी राजनीतिक जीवनमा कति सफल हुने हुन्, त्यो भने हेर्न बाँकी नै छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७