बलिउड स्टार अजेय देवगणलाई ठूलो शोक, रहेनन बुबा विरु देवगण


१३ जेष्ठ २०७६, सोमबार
ajay devgan and his father

काठमाडौं, १३ जेठ । बलिउड स्टार अजय देवगणलाई ठूलो शोक परेको छ । उनका बुबा तथा चर्चित द्वन्द्व निर्देशक विरु देवगणको निधन भएको छ ।

बलिउडका व्यापार विश्लेषक तरन आदर्शले ट्वीट गर्दै देवगणको सोमबार बिहान निधन भएको जानकारी गराएका छन् ।

विरु देवगणले छोरा अजय र बलिउड सुपरस्टार अमिताभ बच्चन अभिनित फिल्म ‘हिन्दुस्तानकी कसम’ को निर्देशन समेत गरेका छन् । ‘फूल और काँटे’ मार्फत् छोरा अजयलाई बलिउड भित्र्याएका विरुको सोमबार साँझ अन्त्यष्टि गरिने आदर्शले जनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७