गजलकार स्पन्दन बिनोदको यूरोपको अन्तिम बिन्दुमा दुई कृति एकसाथ विमोचन


१३ जेष्ठ २०७६, सोमबार
espandan binod 2

पोर्चुगल, १३ जेठ । यूरोपको अन्तिम बिन्दुमा गजलकार स्पन्दन बिनोदको दुई कृति एकसाथ विमोचन भएको छ । पोर्चुगलको राजधानी लिस्वनबाट करीब ४० किमि टाढा रहेको युरोपको अन्तिम बिन्दुमा ‘अबिरल स्पन्दन’ र ‘भिजाएर गयौँ’ एकैसाथ सार्वजनिक भएको हो ।

अनेसास पोर्चुगलको आयोजनामा भएको कार्यक्रममा अनेसास केन्द्रका उपाध्यक्ष सुनिल संगम र बरिष्ठ साहित्यकार एवं समालोचक लीला लुइटेलले युरोपको अन्तिम बिन्दु, काबो दा रोकामा बिमोचन गरे ।

कार्यक्रममा नेपालबाट आएकी साहित्यकार तथा समालोचक लीला लुइटेल र अनेसास केन्द्रका उपाध्यक्ष तथा गजलकार सुनिल संगमले पुस्तकको समालोचना गरेका थिए ।

त्यस्तै आईसीसी सदस्य नरेन्द्र बहादुर हमाल लगाएतले शुभकामना ब्यक्त गर्दै स्पन्दन बिनोदको साहित्यमोह र सक्रियताको खुलेर प्रसंसा गरेका थिए ।

कार्यक्रममा पोर्चुगलबासी विभिन्न संघ संस्थाका अग्रज, प्रतिनिधि, कलाकार, पत्रकार, साहित्यकार एवम् साहित्य अनुरागीहरूको बेजोड उपस्थिती रहेको थियो ।

साथै उक्त कार्यक्रममा जानको लागि लिस्वनबाट यातायातको ब्यवस्था समेत गरिएको थियो । कार्यक्रम अनेसास पोर्चुगलका अध्यक्ष वाई वी गुरुङ्गको उपस्थितिमा सम्पन्न भएको थियो भने सञ्चारकर्मी तथा अनेसास पोर्चुगलका सदस्य यादब देवकोटाले कार्यक्रम संचालन गरेका थिए ।

स्पन्दन बिनोदका सोही कृति अनेसास नेपाल च्याप्टरको आयोजनामा गत चैत्र १७ गते प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा भब्यताका साथ लोकार्पण गरिएको थियो । बरिष्ठ पत्रकार भैरव रिसालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा डा. घनश्याम परिश्रमी, प्रभाती किरण, बरिष्ठ गजलकार ज्ञानु वाकर पौडेल, नेपाल प्रज्ञा प्रतिष्ठानका सद्स्य सचिव प्रा. जगत प्रसाद उपाध्याय र अनेसासका केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीले मन्तव्य राख्दै परदेसमा बस्ने गजलकार स्पन्दन बिनोदका कृतिले नेपाली साहित्यमा पु–याएको योगदानको चर्चा गरेका थिए ।

बिदेशमा १०€ रहेको उक्त छन्द र गैर छन्दमा लिखित दुई गजल कृतिको बिक्रीबाट आएको रकम नेपालमा विभिन्न रोगबाट ग्रसित बुढाबुढी, महिला तथा बालबालिकालाई सहयोग गर्ने गजलकार स्पन्दन बिनोदले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७