संविधान कार्यान्वयन गर्न काङग्रेस र माओवादी मिलेका हौँ : रक्षामन्त्री खाँड


२ भाद्र २०७४, शुक्रबार
Balkrishna khand

Balkrishna khand

चितवन : रक्षामन्त्री बालकृष्ण खाँडले संविधान कार्यान्वयनका लागि नेपाली काँग्रेस र नेकपा ‘माओवादी केन्द्र’ मिल्नु परेको बताएको छ ।

मंलबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले आफ्नो पार्टी को नेतृत्वमा बनेको संविधान कार्यान्वयन गराउने जिम्मेवारी काँग्रेसको काँधमा आएको हुँदा स्थानीय तहको निर्वाचनमा पार्टीले केही ठाउँँमा ‘माओवादी केन्द्र’सँग सहकार्य गर्नुपरेको स्पष्ट पारे ।

मन्त्री खाँडले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले लोकतन्त्रको पक्षधरसँग सहकार्य गरेर निर्वाचनमा सहभागी भएको बताउँदै निर्वाचनको मनोनयनका समयमा राष्ट्रिय राजनीति फरक प्रसङ्गमा प्रवेश गरेका कारण संयुक्त प्यानल बनाउन नसकेको धारणा व्यक्त गरे ।

समयमा सहमति गर्न नसकेको स्वीकार गर्दै उनले तालमेल गर्ने ठाउँमा काँग्रेस र माओवादी केन्द्रसँग मात्र हुने बताएको छ। अहिलेसम्मको साख बचाउनका लागि पनि पार्टीले गरेको निर्णय कार्यान्वयन गर्ने पक्षमा काँग्रेसी कार्यकर्ता लाग्नुपर्ने बताए ।

मन्त्री खाँडले अहिलेको निर्णय काँग्रेसी कार्यकर्ताका लागि असहज परिस्थिति भए पनि यो एकता मुलुकको रक्षा र संविधान कार्यान्वयनका लागि भएको बताए । मुलुकमा देखिएको द्वन्द्व व्यवस्थापनका लागि अहिलेको तालमेल भएको पनि उनले बताए ।रासस

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७