देशमा अब रगत होइन पसिना बगाए काफी छ : मुख्यमन्त्री


१५ जेष्ठ २०७६, बुधबार
dor

मकवानपुर, १५ जेठ । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुलुक समृद्ध बनाउन अब युवाले रगत होइन पसिना मात्र बगाए पुग्ने बताएका छन् ।

गणतन्त्र दिवस मूल समारोह समिति प्रदेश नम्बर ३ को आयोजनामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अबको पुस्ताले समृद्ध नेपाल निर्माणका लागि श्रम र पसिना बगाए मात्र पुग्ने बताएका छन् ।

उनले भने, ‘हामी जहाँ छौं, त्यहीँ इमान्दार प्रयत्न गरे पुग्छ । आलोचना, कुण्ठा, निन्दा र नकारात्मक सोचबाट होइन, सकारात्मक सोच, इमान्दारपूर्ण लगाव, धैर्यता र सिर्जनशिलताबाट मात्र देशलाई समृद्ध बनाउन सकिन्छ ।’

देशले अब रगत होइन, श्रम र पसिना खोजेको बताउँदै मुख्यमन्त्री पौडेलले सही योजना निर्माण र व्यवहारिक रुपमा योजना कार्यान्वयन देशले खोजेको बताए । उनले भने, ‘को सत्तापक्ष, को प्रतिपक्ष, जातजाति, धर्म, सम्प्रदाय भन्दामाथि उठेर समृद्धिको अभियानमा हामी सबै लाग्नु अहिलेको आवश्यकता हो ।’

उनले गणतन्त्रसम्म आइपुग्दा यो देशको हरेक परिवर्तनका लागि आफ्नो जीवनको आहुति दिने सम्पूर्ण शहीदप्रति श्रदाञ्जली पनि व्यक्त गरेका छन् । हातमा सीप र पाखुरीमा बल भरिएका हजारौं युवाहरुलाई राष्ट्र निर्माणको महाअभियानमा जोड्न सकिए सुखी नेपाली समृद्ध नेपाल नर्माणको राष्ट्रिय संकल्प पूरा गर्न सकिने मुख्यमन्त्री पौडेलले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७