गजल


१५ जेष्ठ २०७६, बुधबार
Gadatantra Diwas Celebration 2019 18

लोकतन्त्र त यस्तो होस्, बाहुनको पुरेत कामी होस्
तल्लो घरको दमाई मर्दा, छेउको क्षेत्री मलामी होस्

नाक हेरेर विभेद नहोस, जालसाजी बन्द होस्
गणतन्त्र त यस्तो होस, लेप्चा बुढो रोगले लड्दा, छिमेकी जैसी धाँमी होस्

विकासमा सबै जुटुन्, देश बचाउन सबै उठुन्
समावेशिता त यस्तो होस्, ‘म’ को ठाउँमा ‘हामी’ होस्

घुसखोरीले गाउँ नगाँजोस्, पैसासँग न्याय नसाटियोस्
जनजीविका त यस्तो होस्, शीर उठाउने सलामी होस् ।

रेमिट्यान्सको आश नहोस, श्रमजीविको सम्मान होस्
प्रजातन्त्र त यस्तो होस्, देशको कहिले बद्नामी नहोस्
राजु शिवा ‘यायावर’
इलाम
रचनाकालः २०७३ पुस १७ गते

yaya

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७