विश्वविद्यालय अनुदान आयोगलाई अब १७ अर्ब ६४ करोड बजेट


१५ जेष्ठ २०७६, बुधबार
bujet bhasan

काठमाडौं, १५ जेठ । विश्वविद्यालय अनुदान आयोगद्वारा दिइने अनुदानमा सरकारले भारी बृद्धि गरेको छ । बुधबार संघीय संसदमा बजेट पेश गर्दै अर्थमन्त्री युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।

उनले आयोगलाई उच्च शिक्षा आयोगको रुपमा पुनर्संरचना गर्ने र आयोग को बजेट १७ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरेका छन् । यसले विभिन्न विश्वविद्यालयहरुको शिक्षाको स्तर उकास्नको लागि अनुदान दिँदै आएको छ ।

यस बाहेक विद्यार्थीहरुलाई विद्यालयमा दिवा खाजाको लागि ५ अर्ब रुपैयाँ विनियोजन भएको छ भने हरेक छात्राहरुलाई निशुल्क स्यानिटरी प्याडको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७