वृद्धभत्ता र एकल महिला भत्ता बढ्यो


१५ जेष्ठ २०७६, बुधबार
bujet bhasan 1

काठमाडौँ, १५ जेठ । सरकारले सामाजिक सुरक्षा भत्ता बढाएको छ । संसद्मा बजेट घोषणा गर्दै अर्थमन्त्री युवराज खतिवडाले वृद्धभत्ता र एकल महिला भत्ता एक हजारले बढाएको घोषणा गरेका हुन् ।
वृद्ध भत्ता ३ हजार पुगेको छ भने एकल महिलाको भत्ता पनि १ हजार बढाइएको छ । यसअघि वृद्धभत्ता मासिक २ हजार र एक महिलालाई १ हजार रुपैयाँ भत्ता दिइँदै आएको थियो।
वृद्धभत्ता बढाएपछि १३ लाख जनसख्या लाभान्वित हुने अर्थमन्त्रीले बताए ।

संसदमा अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६र०७७ का लागि सार्वजनिक गरेको बजेटमा स्वास्थ्य मन्त्रालयलाई ६८ अर्ब ७८ करोड बिनियोजन गरिएको छ।

आगामी आर्थिक वर्षका लागि विनियोजित यो बजेट चालु आर्थिक वर्षभन्दा झन्डै १२ अर्ब बढी हो। चालु वर्षमा स्वास्थ्यले ५६ अर्ब ४१ करोड ९७ लाख बजेट पाएको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७