निर्वाचित सांसदलाई ६ करोड, समानुपातिक र राष्ट्रिय सभाका सांसदको पनि भूमिका रहने


१५ जेष्ठ २०७६, बुधबार
samsad 5

काठमाडौं, १५ जेठ : सांसदहरुले ६ करोड खर्च गर्न पाउने भएका छन् । सरकारले सांसदले चाहेका परियोजनामा खर्च गर्ने बजेट २ करोडले बढाएको हो ।

सांसदहरुको चर्को दबाबपछि अर्थमन्त्री डा. युवराज खतिवडाले सांसदहरुलाई ६ करोड रुपैयाँ बाड्न दिने गरी बजेट ल्याएका हुन् । सांसदहरूले भने १० करोड बजेट माग गर्दै आएका थिए ।

बुधबार बसेको संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७६ र ७७ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले स्थानीय विकास साझेदार कार्यक्रम अन्तर्गत प्रति निर्वाचन क्षेत्र ६ करोड रुपैयाँका दरले ९ अर्ब ९० करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिएका हुन् । यसअघि चालु आर्थिक वर्षको बजेटमा अर्थमन्त्री खतिवडाले प्रति निर्वाचन क्षेत्र ४ करोड रुपैयाँका दरले सांसदहरुलाई रकम छुट्याएका थिए ।

अर्थमन्त्री युवराज खतिवडाले बजेटमार्फत यस्तो रकम खर्च गर्ने कार्यविधिमा प्रतिनिधि सभाका समानुपातिक र राष्ट्रिय सभाका सांसदको भूमिका रहने व्यवस्था पनि गरिने जानकारी दिए । अब निर्वाचन क्षेत्रको बजेटमा समानुपातिक र राष्ट्रिय सभाका सांसदको भूमिका रहनेछ ।

हालसम्म अन्तिम निर्णय गर्ने अधिकार प्रतिनिधि सभाका प्रत्यक्ष निर्वाचित सांसदलाई रहँदै आएको छ । सरकारले निर्वाचन क्षेत्रमा सांसदले १० लाख माथिको परियोजनामा खर्च गर्ने सक्ने गरी कार्यविधि तयार पारेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७