अर्थमन्त्रीको प्राथमिकतामा परेपछि तामाकोशीको शेयर लगानीकर्ताको चासो
काठमाडौं, १६ जेठ । आर्थिक वर्ष २०७७–२०७८ को बजेटमा माथिल्लो तामाकोशी प्राथमिकतामा परेसँगै शेयर लगानीकर्ताहरुको आकर्षण बढेको छ ।
अपर तामाकोशीको निर्माण कार्य आगामी आर्थिक वर्षभित्रमा सक्ने भन्दै अर्थन्त्री डा. युवराज खतिवडाले प्राथमिकताका साथ बजेट छुट्टाएपछि बिहीबार कम्पनीको शेयर मूल्यमा बढोत्तरी आएको छ ।
बजेटमा ‘आगामी वर्ष माथिल्लो तामाकोशी र रसुवगढीलगायतका निर्माणाधीन जलविद्युत आयोजनाहरुको निर्माण कार्यलाई तीव्रता दिई कम्तिमा एक हजार मेगावाट जलविद्युत क्षमता राष्ट्रिय प्रणालीमा थप गरिने बजेटमै समावेश भएपछि शेयर लगानीकर्ताको ध्यान तामाकोशीतर्फ तानिएको हो ।
परियोजनाले उच्च प्राथमिकता पाएपछि राष्ट्रिय गौरवको तामाकोशीलाई लगानीकर्ताले विशेष चासोका साथ हेरेका छन् । कम्पनीले दिने प्रतिफलका साथै कम्पनीको भ्यामलुलाई पनि लगानीकर्ताले हेरेका हुन्छन्। कम्पनीको निर्माण कार्यमा ढिलासुस्ती आएको समाचार सार्वजनिक हुँदै गर्दा बजेटबाटै निर्माण कार्यालाई तीव्रता दिने विषयले लगानीकर्ताको मनोबल थप बढेको हो ।
बजेटका साथै कम्पनीले असार ११ गते वार्षिक साधारणसभा गर्दैछ । साधारणसभाबाट चार जना सर्वसाधारण सञ्चालक चिर्वाचन गरिने भएको छ । चिर्वाचनमा एक कित्ता शेयरको एक भोट हुने भएकोले केहि लगानीकर्ताले सञ्चालकका लागि शेयर कर्निङ गरिरहेका छन् ।
दोस्रो बजारबाट शेयर खरिद गरेर आफ्नो दावेदारी बढाउने क्रममा कम्पनीको शेयर केहि दिनदेखि बढिरहेको छ । कम्पनीको ४९ प्रतिशत शेयर सर्वसाधारण समुहतर्फको छ भने ५१ प्रतिशत संस्थापक तर्फको छ । यसमा पनि १० प्रतिशत प्रभावित क्षेत्रको शेयर रहेको छ । यो शेयर दोस्रो बजारमा कारोबार हुँदैन ।
कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताहरुको लागि १७.२८ प्रतिशत शेयर निष्काशन गरेको थियो । सर्वसाधारण नेपाली नागरिकको लागि भने १५ प्रतिशत शेयर निष्काशन गरेको थियो । सञ्चयकर्ता, प्रभावित स्थानीय वासिन्दा र सर्वसाधारण एउटै समूहमा पर्ने भएकोले दोस्रो बजारबाट शेयर खरिद गरेर सञ्चालन बन्ने दौडमा पछिल्लो समय डिम्याण्ड बढ्दै गएको छ ।
जेठ लागेसँगै बुधबारसम्ममा अपर तामाकोशीको १७ लाख ३८ हजार कित्ताको कारोबार भएको छ । माग बढ्न थालेसँगै शेयर मूल्य बढ्दा कारोबार रकम पनि बढेको हो । यसै अवधिमा कम्पनीको बजार मूल्य ५५ रुपैयाँ भन्दा धेरैले बढिसकेको छ ।
नेपाली सेनाका उपरथी शिवराम खरेलले फोर्स कमाण्डरको जिम्मेवारी पाएका छन् । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनिओ गुटेरेसले उपरथी खरेललाई कार्यवाहक मिसन प्रमुखको जिम्मेवारी दिएका हुन् ।
सिरिया र इजरायलको बोर्डरमा रहेको डिसइन्गेजमेण्ट अवजर्भर फोर्स (अनडफ) मिसनको फोर्स कमाण्डर रहेका घानाका मेजर जनरलको अप्रिलमा निधन भएपछि उनको ठाउमा खरेललाई जिम्मेवारी दिइएको हो । खरेल यसअघि लेवनानमा रहेको युनिफिल मिसनको डेपुटी फोर्स कमाण्डरका रुपमा कार्यरत थिए ।
उपरथी खरेल नेपाली सेनाका तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीको सैनिक सहायक समेत रहेका थिए । खरेल सहायकरथी हुंदा सेनाको निति निर्देशनालयमा निर्देशक समेत थिए । नेपाली सेना संयुक्त राष्ट्रसंघमा फौजको योगदान पुर्याउने पाँचौ मुलुक हो । सेनाले युएनमा उच्च तहमा सहभागिताको लागि लविङ्ग गर्दै आएको छ ।