वामदेव गौतमले निरन्तर मतान्तर घटाउँदै, अझै १९०० मतले पछाडि


२४ मंसिर २०७४, आईतवार
bamdev gautam

काठमाडौं : वाम गठबन्धनका बर्दिया प्रतिनिधिसभा १ का उम्मेदवार वामदेव गौतमले मतान्तर घटाउदै लगेको छ। उनी भन्दा अझै कांग्रेसका उम्मेदवार सञ्जय गौतम १९०० मतले अघि छन् ।bamdev gautam

सञ्जयले ४१ हजार ७ सय ११ मत ल्याउँदा वामदेवले ३९ हजार ७ सय ८३ मत ल्याएका छन्। यहाँको मतगणना भने अन्तिम चरणमा छ।

असअघि सञ्जय भन्दा गौतम २ हजार ६२३ पछाडि थिए । गौतमले ३५ हजार ७२८ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार सञ्जय गौतम ३८ हजार ३५१ पाएका थिए ।

एमालेका उपाध्यक्षसमेत रहेका वामदेव अहिलेको निर्वाचनमा एमाले र माओवादीलाई तालमेल गराई पार्टी नै एक बनाउने कार्यका मूख्य पात्र हुन् । वाम गठवन्धन दुई तिहाई बहुमत तर्फ उन्मुख भइरहदा उनलाई निर्वाचन जित्न निकै कठिन रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७