विश्वकप क्रिकेट सुरु हुँदै, कुन देशले कहिले खेल्दै ? (खेलतालिकासहित)


१६ जेष्ठ २०७६, बिहीबार
Icc trophy in cricket ground

काठमाडौं, १६ जेठ (एजेन्सी) । विश्वकप क्रिकेटको १२ औं संस्करण आज(बिहीबार)देखि सुरु हुँदैछ । इंग्ल्याण्ड र वेल्सले संयुक्त रूपमा आयोजना गर्न लागेको विश्वकप नेपाली समय अनुसार ३ : १५ देखि लन्डनमा उद्दघाटन हुन लागेको हो ।

आजदेखि सुरु जुलाई १४ तारिखसम्म प्रतियोगित चल्नेछ । विश्वकप अवधिभरमा कुल ४८ खेल हुनेछन् । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक इङ्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्नेछ । उद्घाटन खेल लन्डनस्थित दी ओभल क्रिकेट मैदानमा खेलिनेछ । विश्वकपका अधिकांश खेल नेपाली समयअनुसार दिउँसो ३ : १५ बजे सुरु हुनेछ । दुई खेल परेको दिन दोस्रो खेल नेपाली सयमअनुसार साँझ ६ : १५ बजे सुरु हुनेछ ।

यस विश्वकपमा १० वटा टोली सहभागी छन् । सहभागी सबै टोलीलाई एउटै समूहमा राखिएको छ । प्रतियोगिताको प्रारम्भिक चरणमा प्रत्येक टोलीले एकअर्कासँग एक÷एक खेल खेल्नु पर्नेछ । लिग चरणको समाप्तिपछि अंक तालिकामा सबैभन्दा माथि रहने चारवटा टोली सेमिफाइनल चरणमा पुग्नेछन् ।

प्रतियोगितामा टेस्ट मान्यता प्राप्त राष्ट्र वेस्ट इन्डिज, श्रीलंका, दक्षिण अफ्रिका, पाकिस्तान, न्युजिल्यान्ड, भारत, इङ्ल्यान्ड, बंगलादेश, अस्ट्रेलिया र अफगानिस्तानको सहभागिता रहेको छ । यसपल्ट टेस्ट मान्यता प्राप्त दुई टोली जिम्बाबे र आयरल्यान्ड भने विश्वकपमा छनोट हुन सकेनन् । सन् २०१७ को जुनमा अफगानिस्तान र आयरल्यान्डले टेस्ट मान्यता पाएपछि टेस्ट टोलीको संख्या १२ पुगेको छ ।

यसैगरी टोलीको संख्या घटाउँदा एसोसिएट्स सदस्य राष्ट्रहरू पनि अन्यायमा परे । यसपटक कुनै पनि एसोसिएट्स राष्ट्रले विश्वकप खेल्ने अवसर पाएनन् । विश्वकपको अघिल्लो संस्करणमा भने १४ वटा टोलीलाई समावेश गरिएको थियो ।

यसपटक विश्वकपको पुरस्कार राशिमा पनि वृद्धि गरिएको छ । आईसीसीले यो विश्वकपमा नगद पुरस्कार लागि कुल एक करोड अमेरिकी डलर छुट्ट्याएको छ। विजेता टोलीले ४० लाख अमेरिकी डलर नगद पुरस्कार हात पार्नेछ । उपविजेताले २० लाख डलर प्राप्त गर्नेछ भने सेमिफाइनलमा पराजित हुने दुई टोलीले १६/१६ लाख डलर पाउनेछन्। यसका अतिरिक्त लिग चरणमा प्रत्येक खेल जितेबापत सहभागी टोलीले छुट्टै ४० हजार डलर पुरस्कार प्राप्त गर्नेछन् । सन २०१५ को विश्वकपमा भने विजेतालाई ३७ लाख ५० हजार र उपविजेतालाई १७ लाख ५० हजार डलर पुरस्कार प्रदान गरिएको थियो।

पाँचौं पटक इङ्ल्यान्डमा विश्वकप हुँदै
इङल्यान्डबाटै १९७५ मा सुरु भएको विश्वकप यो पाँचौं पटकको आयोजना हो । यसअघि सन् १९७५ मा पहिलो, सन् १९७९ मा दोस्रो र सन् १९८३ मा तेस्रो विश्वकप इङ्ल्यान्डमै भएको थियो । सन १९९९ मा सातौं संस्करण पनि इङ्ल्यान्ड, वेल्स, आयरल्यान्ड, स्कटल्यान्ड र नेदरल्यान्ड्सले संयुक्त रूपमा आयोजना गरेका थिए ।

हालसम्म विश्वकपको ११ वटा संस्करण सम्पन्न भइसकेको छ । अस्ट्रेलियाले हालसम्म पाँचपटक विश्वकपको उपाधि जितिसकेको छ । अस्ट्रेलियाले सन् १९८७, सन १९९९, सन २००३, सन २००७ र सन २०१५ मा विश्वकपको उपाधि जितेको थियो । यसैगरी वेस्ट इन्डिजले सन १९७५ मा पहिलो र सन् १९७९ मा दोस्रो संस्करणको उपाधि जितेको थियो । सन १९८३ र सन २०११ मा भारत च्याम्पियन बनेको थियो । सन १९९२ मा पाकिस्तान र सन १९९६ मा श्रीलंकाले विश्वकप उचालेका थिए ।

कसले कहिले खेल्दै ?
विश्वकपका खेलहरू विभिन्न ११ वटा रंगशालामा खेलाइँदै छ । विश्वकप दी ओभल (लन्डन), लर्डस (लन्डन), ओल्ड ट्राफोर्ड (म्यानचेस्टर), एजबास्टन (बर्मिङ्घम), ट्रेन्ट ब्रिज (नटिङ्घम), सोफिया गार्डेन्स (कार्डिफ), काउन्टी ग्राउन्ड (ब्रिस्टल), रोज बल (साउथह्याम्पटन), काउन्टी ग्राउन्ड (टाउनटन), हेडिङ्ली (लिड्स) र रिभरसाइड ग्राउन्ड (चेस्टर ली स्ट्रिट) रंगशालामा खेलाइने छ ।

उद्धघाटन खेलमा इंग्ल्यान्ड र दक्षिण अफ्रिका खेल्दै
उद्धघाटन खेलमा घरेलु टोली इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार ३ : १५ देखि लन्डनमा सुरु हुँदै छ । विश्वकपमा दुवै देशले हालसम्म उपाधि जित्नसकेका छैन् । इंग्ल्यान्ड ३ पटक फाईनलमा पराजित भएको छ । दक्षिण अफ्रिकाले भने विश्वकपमा फाईनलसम्मको यात्रा नै तय गर्न सकेको छैन ।

इङ्ल्यान्डलाई क्रिकेटको जननीका रूपमा लिइन्छ । उपाधिको प्रमुख दावेदार मानिएको घरेलु टोली इंग्ल्यान्ड सुखद सुरुवात गर्न चाहन्छ । तर, इङ्ल्यान्डले हालसम्म विश्वकपको उपाधि जित्न सकेको छैन ।

पहिलो पटक विश्वकप फाईनलमा पुग्ने लक्ष्य राखेको दक्षिण अफ्रिका पनि घरेलु टोली इंग्ल्यान्डलाई हराउँदै आफु पनि अब्बल रहेको प्रमाणित गर्न चाहान्छ । हेड टु हेडमा दक्षिण अफ्रिका अघि छ । हालसम्म यी दुई देशबीच ५९ खेल भएको छ । जसमा अफ्रिका २९ खेलमा विजयी हुँदा २६ खेलमा पराजित भएको छ । १ खेल टाई हुँदा ३ खेलको नतिजाविहिन छ । यस पटक भने तुलनात्मक रुपमा दक्षिण अफ्रिका भन्दा इंग्ल्यान्ड बलियो देखिन्छ ।

अफ्रिका टोली
फाफ डु प्लेसिस (कप्तान), हसिम अमला, क्विन्टन डी कक, जेपी ड्युमिनी, एडेन मार्कराम, डेविड मिलर, लुन्गी निडी, क्रिस मोरिस, एन्डिले फेलुक्वायो, ड्वेन प्रिटोरियस, कागिसो रबाडा, तबरेज शम्सी, इमरान ताहिर, डेल स्टेन, रस्सि भान डर दुसेन

इंग्ल्यान्डका टोली
इओन मोर्गन (कप्तान), मोईन अली, जोनी बयरस्टो, जस बटलर, टम करन, जोफ्रा आर्चर, जेम्स भिन्स, लियाम प्लन्केट, आदिल रासिद, जो रुट, जोसन रोय, बेन स्टोक्स, लियाम डसन, क्रिस वोक्स, मार्क वुड ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७