सरकारलाई सुझाव दिनु भगवानलाई पाती चढाए जस्तै हुनथाल्यो : राजेन्द्र राई

‘न पाती चढाउनेले केही पाउँछ, न भगवानले नै थाहा पाउँछ’


१६ जेष्ठ २०७६, बिहीबार
Rajendra Rai

मोरङ, १६ जेठ : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता तथा प्रदेश सभा सदस्य राजेन्द्र राईले प्रदेश सरकारको काम कारबाहीको तिव्र आलोचना गरेका छन् । सांसदले उठाएको विषयलाई बजेट तथा नीति तथा कार्यक्रममा सरकारले वेवास्ता गरेको भन्दै उनले बिरोध गरेका हुन् ।

विहिबार विनियोजन विधेयक २०७६ का सिद्धान्त र प्राथमिकताबारेको छलफलमा बोल्दै सांसद राईले सरकारलाई सुझाव दिनु भगवानलाई पाती चढाए जस्तै भएको बताए । ‘रोष्टममा उभिएर सरकारलाई सुझाव दिनु वा समस्या सुनाउनु भगवानलाई पाती चढाए जस्तै हुनथाल्यो,’ राईले भने, ‘न पाती चढाउनेले केही पाउँछ, न भगवानले नै थाहा पाउँछ ।’

सांसद राईले सरकार धेरै बुद्धिमानी बनेर यस्तो भएको हो कि मुर्ख बनेर सल्लाह नलिएको भन्दै आश्चर्य प्रकट गरे । उनले भने, भनिन्छ, ‘सल्लाह बुद्धिमानलाई चाहिँदै चाहिन्न, मुर्खले लिँदै लिँदैन । सरकार के हो बुझ्न सकिएन ।’

सांसद राईले सरकारले संघीयताको मर्म सम्बोधन नगरेको जिकिर गरे । ‘बजेट गाउँमुखी हुनुपर्छ, तर यहाँ सबैकुरा सहरमुखी देखियो,’ उनले भने, ‘संघीयता भाइ काठमाडौं जन्माउन ल्याइएकोे होइन । सन्तुलित विकासका लागि संघीयता ल्याइएको हो ।’

हिजो एकात्मक शासन हुँदा काठमाडौं, किरात र जुम्लाका राज्यहरुको अवस्था एउटै रहेको प्रसंग केलाउँदै उनले भने, ‘तर, एकात्मक शासनको लामो अभ्यासले आज जुम्ला कहाँ छ, काठमाडौं कहाँ छ ?’

सांसद राईको भनाई

सरकारलाई सुझाव दिनु भनेको देउतालाई पाती चढाएजसतै हुन थालेको छ । न चढाउनेले केहप् पाउँछ, न भवानले पाउँछ । सल्लाह, बुद्धिमानलाई चाहिँदै चाहिन्न, मुर्खले लिँदै लिँदैन । यस्तो नहोस् । बजेटको पथमिकता र सिद्धान्त हेर्दा यो सहरमुखी भयो । संघीयता भाइ काठमाडौं जन्माउन ल्याएको होइन । सनतुलित विकास होस् भनेर एकात्मक राज्यले असन्तुलन बढायो भनेर ल्याएकाे हो ।

हिजो जुम्लाका राज्यहरु, किरात राज्यहरु र काठमाडौको राज्यको अवस्था उस्तै थियो । तर, एकात्मक राज्यको लामो अभ्यासले काठमाडौं कहाँ छ , जुम्ला कहाँ छ ? आज पनि त्यसतै अभ्यास हुन थालेको छ । गाउँमुखी बजेट चाहियो । घस्रने होइन, उफ्रिने र दौडने बजेट चाहियो ।

रसिया र चिनले गरेको प्रगति यस्तै अर्थतन्त्र निर्माण गरेर हो । क्याम्ब्रिज र अक्सफोर्ड विश्वद्यिालयका कसैले बदमास गर्यो भनेर विश्वविद्यालय बन्द गरों भनेर हुन्छ ? सांसद विकास कोष बन्द गराैं भन्नु पनि त्यस्तै हो । कसैले बदमासी गर्यो भनेर बन्द गर्न हुँदैन । सांसद बलियो हुँदा संघीयता बलियो हुन्छ । संघीयता बलियो हुँदा देश र जनता बलियो हुन्छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७