मोदीको सपथ र सपथअघिका रोमाञ्चक तस्बिरहरु


१६ जेष्ठ २०७६, बिहीबार
The Prime Minister Shri Narendra Modi paying homage to the former Prime Minister Shri Atal Bihari Vajpayee at Sadaiv Atal Samadhi in Delhi on May 30 2019.
The Prime Minister, Shri Narendra Modi paying homage to the former Prime Minister Shri Atal Bihari Vajpayee, at Sadaiv Atal, Samadhi, in Delhi on May 30, 2019.

नयाँ दिल्ली, १६ जेठ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्याकालका लागि पद तथा गोपनियताको सपथ लिएका छन् ।

बिहीबार साँझ नयाँ दिल्लीमा आयोजित एक विशेष समारोहमा मोदीले राष्ट्रपति रामनाथ कोविन्दबाट ईश्वरका नाममा सपथ लिएका हुन् । भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह पनि मन्त्री बनेका छन्। नयाँ मन्त्रिमण्डलमा तत्कालीन विदेश सचिव एस जयशंकर पनि मन्त्री बनेका छन् ।

चार वर्षअघि भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा जयशंकर विदेश सचिव थिए । उत्तर प्रदेशको अमेठीमा भारतीय कंग्रेसका अध्यक्ष राहुल गान्धीलाई पराजित गरेकी स्मृति इरानी पनि मन्त्री बनेकी छन् ।

१७ औं लोकसभा चुनावमा भारतीय जनता पार्टी एक्लैलाई बहुमत र आफ्नो गठबन्धनलाई झन्डै दुई तिहाइ बहुमत दिलाएका मोदी पाँच वर्षका लागि प्रधानमन्त्री भएका हुन् ।

सन् २०१४ मा प्रधानमन्त्री हुँदा मोदीले बनाएका दुई मन्त्री सुष्मा स्वराज र वित्त मन्त्री अरूण जेट्लीले आफूहरू नयाँ सरकारमा नबस्ने बताएपछि उनीहरु समेटिएनन् ।


तस्बिरहरु : भारतीय प्रेस सूचना ब्युरो

शपथ ग्रहण समारोहमा विम्स्टेक राष्ट्रका राष्ट्र प्रमुखसहित छ हजारभन्दा बढी अतिथिको उपस्थिति रहेको जनाइएको छ । मोदीको अघिल्लो कार्यकालमा सार्क राष्ट्रका राष्ट्र प्रमुखहरुलाई निमन्त्रणा गरिएको थियो ।

यसपटक सार्कलाई छोडेर बीमीस्टेक राष्ट्रका राष्ट्रप्रमुखहरुलाई बोलाइएको हो । शपथग्रहण समारोहमा प्रधानमन्त्री केपीशर्मा ओली, बंगलादेशका राष्ट्रपति मोहम्मदख अब्दुल हमीद, मोरिससका प्रधानमन्त्री प्रभीन्द जुगनाउथ, भुटानका प्रधानमन्त्री लोटे छिरिङ्ग, थाइल्याण्ड सरकारका विशेष प्रतिनिधिका रुपमा मन्त्री ग्रिसाडा बुनराचनयाँ, म्यान्मारका राष्ट्रपति उ विन, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनालगायतको उपस्थिति थियो ।

समारोहमा विपक्षी दल कांग्रेसका अध्यक्ष राहुल गान्धी, पूर्वप्रधानमन्त्री मनमोहन सिंहको उपस्थिति रहेको छ ।

यी हुन् मन्त्रीहरु
विहिबार मोदी सहित २४ जना मन्त्रीहरुले सपथ लिए । प्रधानमन्त्री नरेन्द्र मोदीसँगै राजनाथ सिंघ, अमित अनिलचन्द्र शाह, नितिन जयराम गडकरी, डीभी सदानंद गौडा, निर्मला सीतारमण, रामविलास पासवान, नरेन्द्र सिंह तोमर, रविशङ्कर प्रसाद, हरसिमरत कौर बादल, थावर चंद गहलोत र एस जयशंकरले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् ।

यसैगरी डा.रमेश पोखरियाल निशंक, अर्जुन मुंडा, स्मृति ईरानी, डा। हर्षवर्धन, प्रकाश केशव जावडेकर, पीयूष वेदप्रकाश गोयल, धर्मेन्द्र प्रधान, मुख्तार अब्बास नकवी, प्रह्लाद वेंकटेश जोशी, डा. महेंद्र नाथ पांडेय, अरविंद गणपत सावंत, गिरिराज सिंह, गजेन्द्र सिंह शेखावतले पद तथा गोपनीयताको शपथ लिए ।

संघको राज्य मन्त्री (स्वतन्त्र प्रभार) का रूपमा संतोष कुमार गंगवार, राव इंद्रजीत सिंह, श्रीपद नाइक, डा। जितेन्द्र सिंह, किरण रिजिजू, प्रह्लादसिंह पटेल, राजकुमार सिंह, हरदीप सिंह पुरी, मनसुख मांडविया, फग्गन सिंह कुलस्ते, अश्वनी कुमार चौबे, अर्जुन राम मेघवाल, अवकाश प्राप्त जनरल विजय कुमार सिंहले सपथ लिए ।

यसैगरी राज्यमन्त्रीका रुपमा कृष्णपाल गुर्जर, रावसाहेब दानवे, गंगापरम कृष्ण रेडी, पुरुषोत्तम रुपाला, रामदास अठावले, साध्वी निरंजन ज्योति, बाबुल सुप्रियो, डा. संजीव बालियान, सन्जय धोत्रे, अनुराग ठाकुर, सुरेश अंगाडी, नित्यानन्द राय, रत्तन लाल कटारिया, वी मुरलीधरन, रेणुका सिंह सरुता, सोम प्रकाश, रामेश्वर तेली, प्रतापचन्द्र सारंगी, कैलाश चौधरी र देवोश्री चौधरी ले पनि आज शपथ लिएका छन् ।

यसअघिको सरकारमा नरेन्द्र मोदीलगायत ४६ जना थिए, तर यसपटक यो आकार बढेर ५८ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७