सानेका लागि बायर्न म्युनिखले गरेको ७० मिलियन पाउण्डको अफर सिटीद्वारा अस्वीकार


१७ जेष्ठ २०७६, शुक्रबार
sane

काठमाडौं, १७ जेठ । म्यानचेस्टर सिटीले लिरोय सानेका लागि बायर्न म्युनिखले गरेको ७० दशलमब ७ मिलियन पाउण्डको अफरलाई अस्वीकार गरेको छ ।

जर्मन बुन्डेस लिगा च्याम्पियन बायर्न आफ्ना दुई खेलाडी आर्यन रोवेन र फ्रांक रिवेरीले क्लब छोडेपछि नयाँ अनुबन्धका लागि सानेलाई अफर गरेको थियो । तर सिटीले उसका अफरलाई सोझै अस्वीकार गरेको छ । सिटीले जर्मन विंगर सानेलाई सस्तो रकममा नबेच्ने बताएको छ ।

सिटीको शुरुवाती ११ नियमित स्थान बनाउन नसके पनि सिटीका प्रशिक्षक पेप ग्वार्डीयोलाले युवा क्षमतावान् खेलाडीलाई क्लबबाट बाहिर नपठाउने निर्णय गरेका हुन् ।

एफ ए कपको उपाधि जितेपछि पेपले सानेसँगको सम्झौता लम्ब्याउने बताएका थिए । सानेलाई सिटीले साल्केबाट २०१६ मा ३७ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो । अब उनलाई कसैले एक सय मिलियन पाउण्डको अफर गरेमा विचार गर्नसक्ने बताइको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७