वामदेव गौतमले निरन्तर मतान्तर घटाउँदै, यस्तो नयाँ नतिजा


प्रकाशित मिति : December 10, 2017

काठमाडौं: बर्दिया क्षेत्र नम्बर १ मा एमालेका प्रभावशाली नेता वामदेव गौतमले आफ्नो मतान्तर घटाउँदै लगेका छन्। यो भन्दा अगाडी उनी भन्दा कांग्रेसका उम्मेदवार सञ्जय गौतम १९०० मतले पछि थिए।

कांग्रेस उम्मेवार सञ्जय गौतमसँगको उनको मतान्तर १ हजार ७५० छ झारेको छ। पछिल्लो परिणाम अनुसार सञ्जयले ४२ हजार ८ सय १५ मत ल्याएका छन् भने वामदेवले ४१ हजार १ सय ६५ मत पाएका छन्।

यो क्षेत्रको बारबर्दिया नगरपालिकाका २ वटा वडाको मत गणना गर्न बाँकी छ। यी वडाका ४ हजार मत गन्न बाँकी छ। अब वामदेवले जित्नका लगि यही ४ हजार मतबाट २४ सय मत ल्याउनुपर्ने छ।

प्रतिक्रिया दिनुहोस्