शिक्षकको तलव बढ्यो, कुन तहका शिक्षकको कति पुग्यो ? (सूचीसहित)


१७ जेष्ठ २०७६, शुक्रबार
teacher

काठमाडौं, १७ जेठ । सरकारले घोषणा गरेको आर्थिक वर्ष २०७६–०७७ को बजेटमार्फत शिक्षकको तलब वृद्धि भएको छ । प्राथमिक तहदेखि माध्यमिक तहसम्मका शिक्षकको तलब दर्जा अनुसार १८ देखि २० प्रतिशत वृद्धि भएको छ ।

yubraj khatiwada budget 2076 077

सरकारले बजेटमार्फत राजपत्र अनंकिततर्फ २० प्रतिशत र राजपत्रांकिततर्फ १८ प्रतिशत तलव वृद्धि गरेसँगै शिक्षकको पनि तलब वृद्धि हुने भएको हो ।
कुन तहका शिक्षकको तलव अब कति ?

प्राथमिक तह (तृतीय)
२२ हजार १७० बाट २६ हजार ६०४ रुपैयाँ
प्रावि द्वितीय
२३ हजार ५०० बाट २८ हजार २०० रुपैंयाँ
प्रावि प्रथम
३० हजार ५०० बाट ३५ हजार ९९० रुपैयाँ

निम्न माध्यमिक तह तृतीय
२३ हजार ५०० बाट २८ हजार २०० रुपैयाँ

निमावि द्वितीय
३० हजार ५०० बाट ३५ हजार ९९० रुपैयाँ
निमावि प्रथम
३२ हजार १०० बाट ३७ हजार ८७८ रुपैयाँ
माध्यमिक तृतीय
३० हजार ५०० बाट ३५ हजार ९९० रुपैयाँ
माध्यमिक द्वितीय
३४ हजार २२० बाट ४० हजार ३७९ रुपैंयाँ
माध्यमिक प्रथम

४० हजार १५० बाट ४७ हजार ३७७ रुपैयाँ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७