खोटाङलाई प्रदेशस्तरीय कराते प्रतियोगिताको उपाधि


१७ जेष्ठ २०७६, शुक्रबार
khotang karate

खोटाङ, १७ जेठ । प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयको सहकार्य र सहयोगमा भइरहेको प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको करातेमा खोटाङ जिल्लाले उपाधी जितेको छ । विराटनगरमा सम्पन्न भएको कराते प्रतियोगितामा कुल १७ पदक जित्दै खोटाङ पहिलो भएको प्रशिक्षक सन्जय कुमार राईले जानकारी दिए । खोटाङले १० स्वर्ण १ रजत र ६ कास्य पदक हात पारेको हाे।

खोटाङका मोतिचन्द्र राईले एकल काता पुरुष, रोश्मा राईले एकल काताको महिला तर्फ, ६० केजिमा सन्तोष राई, ६७ केजिमा सुजन राई, ७५ केजिमा रुरिहाङग दुमि, ८४ केजि कुमिते पुरुषमा ईश्वरधन राई, ५५ केजि कुमितेको महिलामा विध्याकला राई र ७८ केजिमा मिसडोना राईले स्वर्ण जिते ।

यस्तै पुरुष समुह काता तर्फ अर्जुन श्रेष्ठ, रुहिाङग दुमि र मोतिचन्द्र राईको समुहले स्वर्ण जिते भने महिला समुह काता तर्फ नन्जु राई, रोश्मा र विध्याकला राईको समुहले स्वर्ण हात पारे। ५५ केजिको कुमिते पुरुषमा अर्जुन श्रेष्ठले रजत पदक जिते ।

प्रदेशको सामाजिक विकास मन्त्रालयको वार्षिक कार्यक्रमअनुसार जेठ १५ देखि विभिन्न ११ वटा खेलकुद प्रतियोगिता आयोजना गरिरहेको छ । प्रतियोगिता जेठ १५ देखि २९ गतेसम्म विभिन्न जिल्लामा हुनेछ ।

महिला कवड्डी प्रतियोगिता सङ्खुवासभाको खाँदबारीमा र पुरुष कवड्डी झापाको काँकडभिट्टामा हुनेछ । महिला कवड्डी जेठ १५ देखि १८ गतेसम्म भने पुरुषको जेठ २१ देखि २४ गतेसम्म हुनेछ । क्रिकेट सुनसरीको इनरुवामा जेठ २७ देखि ३१ गतेसम्म हुनेछ । ब्याडमिण्टन खोलखुम्बुको सल्लेरीमा, टेवुल टेनिस उदयपुरको गाईघाटमा, तेक्वान्दो काँकडभिट्टामा, एथलेटिक्स इटहरीमा, कुस्ती विराटनगरको जतुवामा, उसु इलाममा, कराते विराटनगर र डोरीतान मोरङको बूढीगङ्गामा हुनेछ ।

यसैगरी राष्ट्रियस्तरको बहिरा क्रिकेट प्रतियोगिता जेठ १५ देखि १९ गतेसम्म विराटनगरमा भइरहेको । उक्त प्रतियोगितामा देशभरिका आठवटा बहिरा टिमको सहभागी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७