पाकिस्तान १ सय पाँच रनमै अलआउट


१७ जेष्ठ २०७६, शुक्रबार
Pakistan ahead of World Cup opener against West Indies

काठमाडौं, १७ जेठ(एजेन्सी) । आइसीसी एकदिवसिय विश्वकप क्रिकेटको दोस्रो दिन वेष्ट इन्डिजविरुद्धको खेलमा पाकिस्तान १०५ रनमै अलआउट भएको छ । नोटिङघममा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तान २१ ओभर चार बलमा मात्र एक सय ५ रनमा बनाउँदै अलआउट भएको हो ।

निकै कमजोर ब्याटिङ गरेको पाकिस्तानले १७ रनमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि ३५ रन बनाउँदा दोस्रो विकेट खेर फालेको उसले ४५ रनमा तेस्रो विकेट गुमायो । एकपछि अर्को विकेट गुमाएको पाकिस्तानका कुनैपनि खेलाडी विच राम्रो साझेदारी हुने सकेन ।

उसका लागि बाबर आजम र फकिर जाहमले २२/२२ रन बनाउनु बाहेक अन्यले दोहोरो रन बनाउन सकेनन् । मोहम्मद हफिजले १६ रन जोडे । अन्तिममा वाहेब रियाजले १८ रन थपेका थिए ।

पाकिस्तानले पहिलो विकेटका रुपमा तेस्रो ओभरको अन्तिम बलमा ओपनर इमाम उल हकलाई २ रनमा गुमाएको थियो । छैटौं ओभरको पाँचौ बलमा फकार जमान ठूलो शट खेल्ने धुन कट विहाइन्ड बोल्ड आउट हुन पुगे । जमानले १६ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २२ रन बटुले ।

१० औं ओभरको चौथो बलमा आन्द्रे रसेलले ह्यारिस सोहेललाई ८ रनमा क्याच आउट गराए । ओशन थोमसको १४ ओभरको पहिलो बलमा होपले उत्कृष्ट क्याच लिदै बाबर आजमलाई २२ रनमा आउट गरेपछि पाकिस्तान संकटमा परेको हो ।

बाबरले ३३ बलमा २ चौका प्रहार गरे । पाकिस्तानको निरन्तर विकेट पतन जारी रह्यो । जेसन होल्डरले १७ ओभरको पहिलो बलमा कप्तान शरफराज अहमिदलाई ८ रनमा क्याच आउट गराए । यसै ओभरको अन्तिम बलमा इमाद वासिम क्रिस गेलबाट १ रनमा क्याच आउट भए । सादव खान डक आउट भएका छन् ।

हसन अली १ रनमा क्याच आउट भए । मोहम्मद हफिजले १६ रन बटुले । एक समय ८३-९ को अवस्थामा पुगेको पास्तिानलाई वहाब रियाजले ११ बलमा २ छक्का र १ चौका सहित १८ रन बटुल्दै बटुल्दै एक सय रनको आकँडा पार गराएका थिए । मोहम्मद आमिर ३ रनमा अविजित रहे ।

टसमा जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज लागि ओशन थोमसले ५.४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए । भने कप्तान जेसोन होल्डरले तीन र आन्द्रे रसेलले दुई विकेट हात पारे । द आमिर ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७