पाकिस्तानमाथि वेस्टइन्डिजको सानदार जित, १४ ओभरमै लक्ष्य पुरा गरे


१७ जेष्ठ २०७६, शुक्रबार
West Indies complete 106 run chase in just 82 balls to thrash Pakistan in their opening World Cup match as Chris Gayle takes his tournament haul of sixes to a record breaking 38 6

काठमाडौं, १७ जेठ । आइसीसी एकदिवसिय विश्वकप क्रिकेटमा पाकिस्तानलाई ७ विकेटले हराउँर्दै वेष्ट इन्डिजले सानदान सुरुवात गरेको छ । नोटिङघममा भएको विश्वकपको दोस्रो खेलमा पाकिस्तानले दिएको १०६ रनको लक्ष्य १३.४ ओभरमै पुरा गर्दे वेस्टइन्डिजले विश्वकपमा सानदार सुरुवात गरेको हो ।

उसका लागि ओपनर क्रिस गेलले ३४ बलमा ६ चौका र ३ छक्का सहित ५० रनमा आउट भए । गेललाई ११ औं ओभरको पाँचौ बलमा मोहम्मद आमिरले सादब खानबाट क्याच गराउदै पेभिलिएन फर्काए । निकोलस पुरन १९ बलमा ४ चौका र २ छक्का सहित ३४ रनमा अविजित रहँदै सहज जित पक्का गरे । शिमरोन हिटमायर ७ रनमा अविजित रहे ।

पाँचौ ओभरको तेस्रो बलमा मोहम्मद आमिरले शाई होपलाई मोहम्मद हफिजबाट ११ रनमा क्याच आउट गराउँदै पहिलो सफलत दिलाए । आमिरले साँतौ ओभरको दोस्रो बलमा ड्रेन ब्राभोलाई बाबर आजमबाट डक आउट गराए ।

पाकिस्तानका लागि मोहम्मद आमिरले ३ विकेट लिए । भने अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् ।

त्यसअघि नोटिङघममा टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तान २१.४ ओभरमा अल आउट हुँदै १ सय ५ रनमा मात्र बनाउन सक्यो । निकै कमजोर ब्याटिङ गरेको पाकिस्तानले १७ रनमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि ३५ रन बनाउँदा दोस्रो विकेट खेर फालेको उसले ४५ रनमा तेस्रो विकेट गुमायो । एकपछि अर्को विकेट गुमाएको पाकिस्तानका कुनैपनि खेलाडी विच राम्रो साझेदारी हुने सकेन ।

उसका लागि बाबर आजम र फकिर जाहमले २२÷२२ रन बनाउनु बाहेक अन्यले दोहोरो रन बनाउन सकेनन् । मोहम्मद हफिजले १६ रन जोडे । अन्तिममा वाहेब रियाजले १८ रन थपेका थिए ।
टसमा जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज लागि जेसोन होल्डरले तीन तथा लिए भने आन्द्रे रसेलले दुई विकेट हात पारे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७