चितवन २ बाट कृष्णभक्त पोखरेल १७ हजार बढी मतले विजयी


२४ मंसिर २०७४, आईतवार
krishna bhakta कृष्णभक्त पोखरेल

काठमाडौं: चितवन निर्वाचन क्षेत्र नं.२ बाट एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

krishna bhakta कृष्णभक्त पोखरेल
पोखरेलले कांग्रेसका उम्मेदवार शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीलाई १७ हजार ३ सय ५६ मतले पराजित गरे । पोखरेलले जितका लागि ४४ हजार ६ सय ७० मत ल्याउँदा अधिकारीले २७ हजार ३ सय १४ मत प्राप्त गरे ।
पोखरेलले यसअघि ०७० सालमा चितवन निर्वाचन क्षेत्र नः ३ बाट जितेका थिए । अधिकारी भने चितवन २ बाट विजयी भएका थिए । चितवनका साविक ५ क्षेत्र ३ वटा बनेपछि पोखरेल र अधिकारी एउटै क्षेत्रमा आइपुगेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७