रैती कान्छाको चर्तिकला


१८ जेष्ठ २०७६, शनिबार
sagar keharung
  • सागर केरुङ, पान्थर

जनै भिरेको लामो टुप्पी,
आँखा भासिएको
र नाक लामो एलियन जस्तो
जीवको आगमन हुन्छ मानव वस्तीमा
अर्थात हामीले निक्कैपछि नाम्याएको
‘रैती कान्छा’

म हाङ हुँ,
आमाली हुँ,
सुब्बा हुँ,
म उद्घोष गर्छु –
‘यो माटोमा हाम्रो सन्तानले
आवाद गरेको जमिनको पुख्र्यौली इतिहास छ
जीवन–‘जगतलाई व्याख्या गर्ने हाम्रो आफ्नै मुन्धुमी दर्शन छ’

रैती कान्छाले सुस्तरी बिन्ति बिसाउँछ – ‘जदौ ‘सुब्बा साहेव १’
अनि म,
हुक्कुम बक्सिन्छु – ‘चारदामे भइ बस्नु,
दिउँला एउटा करिया भैयाद बनाउँला
चारदाम ठेकी चाहिं बुझाउनु है कहिलेकाँही’
रैती कान्छाको जवाफ छ – ‘जदौ ‘.. सुब्बा साहेव !’
दिन दुई गुणा रात चौगुणा भनेझैं फुटी सुब्बा पो बनिसकेछ

रैती कान्छा त मालिक पो बन्न खोज्दैरहेछ
मोही कान्छा त
म रिस्साउँदै भन्छु,‘धेरै चुचुरबुचुर नगर रैती कान्छा,
ठिंङग्रो–मुङग्रो पौलास जुन बाटो आइस त्यै बाटो नलखेटुङलार कसो’

लामो सास तानेर स्वीकारोक्तिमा भन्छु,‘तँ ठिङगे सुब्बा को काम छैन’
रैती कान्छाको एउटै जवाफ छ,‘जदौ‘.. सुब्बा हासेव !’
वालिहाङ तङनाममा एकदिन – करिया पुगिएछ
लालीङगेत्रनाम्लिङगेत खेल्दै रैती कान्छाक

दक्षिणापछित हाङवामुरुइ झार्नैपर्यो
‘दुवो जस्तो झाँगी जानु,
डाँडाकाँडा ढाकी जानु’ पो झारिपठाईएछ
क्यानाम लुङवानगढ–सिमाङगढ
चारदाम नै चारदामले भरिए
विहानै भालेको डाक सँगै शंखको धुन गुन्जियो
देख्न थालियो रैती कान्छाको चर्तिकला
सुब्बा,डब्बल सुब्बा, त्रिपल सुब्बा, चौपल सुब्बाको बिगुल घन्कियो
मैले रिस्साएर थर्काएं – ‘चुप लागेर करियामा बस रैती कान्छा’

रैती कान्छाको जवाफ आयो,‘नकरा चितुवा’
रैतीको लहराहरू यस्तो अघोरी भएर झांगिए
कुरुक्षेत्रमा उत्रिए चोर–पुलिस खेल खेल्दै
जुन खेलको नाम ‘जनयुद्ध’ पनि भनिँदोरहेछ
सदियौं बर्षदेखी अस्तित्वमा उभिएको
हाक्पार्या, पालाम, ख्याली र केसामहरु
यताबाट भाटे कारवाही गर्दै लखेटे
उत्ताबाट बन्दुकको कुन्जो र बुट बजार्दै लखेटे
अन्ततः अन्ततः निर्मम अन्त्य भयो लोकवाङमयहरुको
यसैगरी–यसैगरी कहिले नफर्किने भएपछी एकैठाउँ भए रैती कान्छा
उर्फ अघोरी बाबाहरु र रोष्टममा उभिएर
कुर्लिए रैती कान्छा,‘हामी देशलाई समृद्ध बनाउँछौं’

मैले नरम स्वरमा भनें, ‘हामीलाई हाम्रो भाषा, लिपि, धर्म, संस्कार, संस्कृतिहरु स्वतन्त्ररूपले मान्न देउ, आफ्नो जिन्दगी आफैलाई जिउँन देउ’
रैती कान्छाको जवाफ आयो,‘संविधान संशोधन गरेर तिम्रो मुख पनि सिलाइदिन्छु’
रैती कान्छाको चर्तिकला हेरिरहें
चिजी–खक्खक उसले भन्दै गयो केके हो केके,

यति चाहिं राम्रोसँग सुनें,
‘गाउँगाउँमा सिंहदरवार पुर्याईदिन्छु
आगनमै पानीजहाज ल्याइदिन्छ
छानामाथि स्काई रेल गुडाईदिन्छु
चुलाचुलामा ग्याँसको पाइप जोडीदिन्छु
गरिवहरु भेटियो भने मेरोमा फेराद हाल्नु
के के सुनें के के दर्शकदिर्घातिर हेर्दै
महिनौंको भोको पेटलाई थिचेर फिस्स हाँसेर’

मनमनै भन्छु,
‘हेर न ज्यांथा रैती कान्छाको चर्तिकला ।’

कवितामा प्रयोग भएका लिम्बु सब्दको अर्थ
लालिङगेतरनाम्लिङगेत – देउसी
बलिहाङ तङ्नाम – तिहार
हाङ्वामरुइ – आशीर्वाद
चिजिखकखक – सुनसान
केसाम – लिम्बू लोक वाङ्मय केसाम छन्द

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७