शहिद स्मारक ए डिभिजन लिग मंसिरमा हुने


१८ जेष्ठ २०७६, शनिबार
A division football

काठमाडौं,१७ जेठ । यह वर्षको शहिद स्मारक ए डिभिजन लिग मंसिरमा हुने भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाको शुक्रवार बसेको कार्यसमिति बैठकले ए डिभिजन लिग मंसिर १२ गतेदेखि आयोजना गर्ने निर्णय गरेको हो।

एन्फाले गत वर्ष रेलिगेसन नहुने लिग आयोजना गरेको थियो। यस्तै एन्फाले १० टिमको राष्ट्रिय लिग आयोजना गर्ने भएको छ। जसमा ए डिभिजन लिगको उत्कृष्ट ६ टिम र एन्फा प्रेसिडेन्ट कपको उत्कृष्ट ४ टिमले प्रतिस्पर्धा गर्नेछन्। प्रेसिडेन्ट लिग सात प्रदेशका उत्कृष्ट टिमहरुबीच गर्ने एन्फाले जनाएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७