आज अष्ट्रेलिया र अफगानिस्तानमा कसले मार्ला बाजी ?


१८ जेष्ठ २०७६, शनिबार
1531125542finch

काठमाडौं, जेठ १८ । एजेन्सी एकदिवसीय विश्वकप अन्तर्गत शनिबार दोस्रो खेलमा विश्वकपको सर्वाधिक सफल टोली अष्ट्रेलिया र अफगानस्तानबीच ब्रिस्टोलमा साँझ ६-१५ देखी सुरु हुने छ ।

साबिक विजेता अष्ट्रेलियाले ५ पटक उपाधि जित्दा २ पटक फाईनलमा पराजित भएको छ । अफगानिस्तान पहिलो पटक सेमिफाईनल पुग्ने लक्ष्यमा लक्ष्य राखेको छ । अष्ट्रेलिया र अफगानिस्तानबीच दुई वान डे खेल भएको छ । जसमा दुबै खेल अष्ट्रेलियाले जितेको छ । उपाधिको प्रमुख दाबेदार अष्ट्रेलिया तुलानात्मक रुपमा कमजोर अफगानिस्तानलाई फराकिलो अन्तरले हराउँदै विजयी सुरुवात गर्न चाहान्छ ।

पछिल्लो समय उत्कृष्ट लयमा रहेको अफगानिस्तान आश्चर्य जनक नजिता निकाल्न सक्छ । वार्मअप खेलमा पाकिस्तानलाई हराएको अफगानिस्तानको मनोबल अझ उच्च छ । अफगानिस्तानका अलराउण्डर मोहम्मद नाबी, स्पिनर राशीद खान, मुजिव उर रहमान, मोहम्मद शहजाद, हज्रतुल्लाह जजाई, रहमत शाह र कप्तान गुल्बदीन नाईब प्रमुख खेलाडी हुन् ।

ओपनर डेविड वार्नर,कप्तान आरोन फिन्च, स्टिभ स्मिथ, शन मार्श, उस्मान खवाजा, एलेक्स करी तथा विश्फोटक ब्याट्सम्यान ग्लेन म्याक्सवेलले अफगानिस्तानमाथि रनको पहाड बनाउन सक्छन् । अलराउण्डर मार्कस स्टोइनिस, प्याट कमिन्स, केन रिचड्सन, जेसन बेहरनडर्फ तथा स्पिनर एडम जम्पा र नाथन लायन पनि उसका मुख्य हतियार हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७