बर्षा पहिरनका कारण ट्रोलको शिकार


१८ जेष्ठ २०७६, शनिबार
barsha 3

काठमाडौं, १८ जेठ । ‘बदनाम हुनु तर गुमनाम नहुनु’ भन्ने सिद्धान्त फिल्म क्षेत्रमा निकै चर्चित छ । अभिनयको दमले चम्किन नसक्नेहरु आफूलाई गुमनाम हुन नदिन बदनाम अर्थात् स्क्यान्डलको सहारा लिन्छन् ।

नेपालमा धेरै कलाकारहरु यस्ता छन्, जो गुमनाम हुने डरले स्क्यान्डल मच्चाइरहेका हुन्छन् । केही वर्ष अगाडिसम्म अभिनेत्री रेखा थापा यो बाटोमा थिइन् । अहिले उनको पदचाप अभिनेत्री प्रियंका कार्कीले पछ्याएकी छन् ।

नेपाली अभिनेत्रीहरुलाई स्क्यान्डल मच्चाउन गर्नुपर्ने सबै हत्कण्डाको राम्रो ज्ञान छ । कसैलाई घोच पर्ने गरी अभिव्यक्ति दिएर होस् वा कहिले पहिरनको सहारा लिएर होस्, कुन माध्यम प्रयोग गर्दा आफ्नो चर्चा हुन्छ नेपाली अभिनेत्रीहरुलाई कसैले सिकाउनु पर्दैन । मिडियामा दुईरचार दिन चर्चा भएन भने उनीहरुको भोक(निन्द्रा उड्छ । अनि, तुरुन्तै स्क्यान्डल र गसिप पिटाउन थाल्छन् ।

चर्चाकी भोकी अभिनेत्रीको लिस्टमा वर्षा राउत पनि पर्छिन् । बजारमा आफ्नो कुरा समेत कसैले नकाटेको महसुस भयो भने सामाजिक सञ्जालमार्फत् होस् वा मिडियामा आएर, उनी कसैप्रति लक्षित गरेर तीखो प्रहार गर्न कुनै कसर छाड्दिनन् । केही दिन अगाडि आफ्नो फिल्म रिलिजको बेला आँशु झारेर दर्शकलाई इमोसनल ‘ब्ल्याकमेल’ गर्ने अभिनेत्रीमाथि उनले कडा प्रहार गरिन्, ‘फिल्म रोएर चल्दैन । फिल्म चल्न फिल्म आफैंमा राम्रो हुनु पर्छ ।’

फिल्ममा साधारण युवती वा महिलाको भूमिकामा निकै रुचाउने गरेकी उनी शुक्रवार दिउँसो एकाएक ट्रोलको शिकार भइन् । कारण हो, पहिरन । अहिले उनी अष्ट्रेलियामा छिन् । आफू अभिनीत फिल्म ‘जात्रै जात्रा’ को प्रदर्शनका लागि उनी त्यहाँ पुगेकी हुन् । शुक्रवार अष्ट्रेलियाको सिड्नीमा भएको फिल्मको विशेष शोमा उनले लगाएको पहिरनलाई ट्रोलर्सले निकै मजाक बनाएका छन् ।

फिल्मको विशेष प्रदर्शनमा उनले लगाएको सेतो र कालो रंग मिसिएको पहिरन घाँटीतर्फको भाग निकै खुलेको छ । उनको बक्षस्थलको आधा भन्दा बढी भाग स्पष्ट देखिएको छ । उक्त पहिरनमा उनी निकै खुलेकी छन् । तर, ट्रोलर्सले विवाहपछि उनी उत्पातै बोल्ड भएको भन्दै ट्रोल बनाएका छन् । दुईअर्थी शब्द प्रयोग गरेर पनि थुप्रै खालका ट्रोल बनेका छन् । तर, यस विषयमा वर्षाले कुनै प्रतिक्रिया जनाएकी छैनन् ।

‘जात्रै जात्रा’ को सफलताले दंग अभिनेत्री वर्षाले यस फिल्ममा सोझी विवाहित महिलाको भूमिका निभाएकी छन् । अभिनेता विपिन कार्कीकी श्रीमतीको भूमिकामा छिन्, उनी । वास्तविक जीवनमा बोल्ड भएर हिँड्न रुचाउने उनी सम्भवतः पहिलो पटक पहिरनका कारण ट्रोलको शिकार भएकी हुन् । यसलाई लिएर उनको प्रतिक्रिया के हुनेछ ? धेरैलाई चासोको विषय बनेको छ । फिल्मवृतमा भने उनको पहिरनको चर्चाले राम्रै गर्मी बढाएको छ ।

उनले लगाएको बोल्ड पहिरनलाई लिएर चर्चा र आलोचना भइरहँदा कतिपयले यसलाई वर्षाको मिडियाको लाइमलाइटमा आउने अस्त्रको रुपमा पनि लिएका छन् । मिडियामा उनको पहिरनको खासै चर्चा हुने गरेको छैन । चर्चा हुन्छ त मात्र मोटोपनको । बल्लतल्ल यसपटक जमेरै पहिरनको चर्चा–परिचर्चा हुने अवसर जुटेको छ । ट्रोलर्सको आँखामा परेकी छन् । वर्षा खुशी नै होलिन् !

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७