झापा-२ मा एमालेकी पवित्राले कांग्रेस जिल्ला सभापतिलाई हराइन्
झापा: नेकपा (एमाले)की उम्मेदवार पवित्रा निरौला खरेल झापा क्षेत्र नं २ नेपाली कांग्रेस झापा जिल्ला सभापति उद्धव थापालाई हराएकी छिन् । उनले १३,६७७ मतान्तरले विजयी बनेकी हुन् ।
उनले ४५ हजार ८ सय १७ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइन् । उनका निकटम प्रतिद्वन्द्वी थापाले ३२ हजार ५० मत ल्याए ।