क्रिकेट विश्वकप : श्रीलंकामाथी न्युजिल्यान्डकाे १० विकेटले जित


१८ जेष्ठ २०७६, शनिबार
new zealand win

लण्डन, १८ जेठ । न्युजिल्यान्डले जारी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एकदिवसीय क्रिकेट विश्वकपमा सुखद् सुरुवात गरेको छ । शनिबार भएको आफ्नो पहिलो खेलमा न्युजिल्यान्डले सन् १९९६ को विश्वकप विजेता श्रीलंकाविरुद्व १० विकेटको भारी अन्तरको जित निकालेको हो ।

वेल्सको कार्डिफस्थित शोफिया गार्डेन्समा टस हारी पहिले ब्याटिङ गरेको श्रीलंका २९.२ ओभरमा एकसय ३६ रनको सामान्य योगफलमै समेटिन पुगेको थियो । जवाफमा न्युजिल्यान्डले १६.१ ओभरमा बिना क्षति लक्ष्य पार गरेको थियो । न्युजिल्यान्डलाई सहज जित दिलाउन प्रारम्भिक ब्याट्सम्यानद्दय मार्टिन गुप्टिलले अविजित ७३ र कोलिन मुन्रोले ५८ रनको अर्धसतकीय योगदान दिएका थिए । यी दुई खेलाडीले एकसय ३७ रनको साझेदारी गर्दा न्युजिल्यान्डले सहज जित दर्ता गराएको हो ।

d7

५१ बलको पालीमा गुप्टिलले दुई छक्का र आठ चौका तथा ४७ बलको पालीमा मुन्रोले एक छक्का र ६ चौका प्रहार गरेका थिए । त्यसअघि श्रीलंकालाई सस्तो योगफलमा समेट्न न्युजिल्यान्डका लोकी फर्गुशन र माट हेनरीले तीन-तीन विकेट लिए । सात ओभर बलिङ गरेका हेनरीले २९ र ६.२ ओभर बलिङ गरेका फर्गुशनले २२ रन खर्चिएका थिए ।

5iapcqji.jpg large

श्रीलंकाका लागि कप्तान दिमुथ करुनारत्नेले अविजित ५२ रनको योगदान दिए । यद्यपि दोस्रो ‘इन्ड’बाट उनलाई अन्य खेलाडीलाई गतिलो साथ दिन नसक्दा श्रीलंका सस्तो योगफलमै समेटिन पुगेको थियो । कुशल पेरेराले २९ र थिसरा परेराले २७ रन जोड्दा अन्य कुनै पनि खेलाडीलो दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङतर्फ श्रीलंकाका कुनै पनि खेलाडीले विकेट निकाल्न सकेनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७