सेभिल्ला र आर्सनलका फुटबलर रेयसको दुर्घटनामा मृत्यु


१९ जेष्ठ २०७६, आईतवार
death

काठमाडौं, १९ जेठ । स्पेनिस क्लब सेभिल्ला तथा इङ्लिस क्लब आर्सनलका पूर्व स्ट्राईकर जोसे एन्टोनियो रेयसको कार दुर्घटनामा परेर ज्यान गएको छ ।

स्पेनिस खेलाडी उनको शनिबार ३५ वर्षको उमेरमै कार दुर्घटना परी निधन भएको हो । रेयसको पूर्व क्लब सेभिल्लाले विज्ञप्ति जारी गर्दै आफ्ना पूर्व खेलाडीको कार दुर्घटनामा निधन भएको उल्लेख गरेको छ ।

रेयसले सेभिल्लाको एकेडेमीबाट फुटबल खेल करिअर शुरु गरेका थिए । हालै मात्र उनले एक्स्ट्रेमाडुरा क्लबसँग सम्झौता गरेका थिए । ‘यो एक ज्यादै दुखदायी खबर हो ।

हाम्रो एकेडेमीबाट उत्पादित जोसे एन्टोनियो रेयसको कार दुर्घटनामा परेर निधन भएको छ । हामी उनको मृत आत्माको चीर शान्तिको कामना गर्छौं,’ सेभिल्लाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

रेयसले आफ्नो खेल करिअरमा २००० देखि २००४ सम्म सेभिल्ला, २००४ देखि २००७ सम्म आर्सनल, २००६ देखि २००७ सम्म रियल म्याड्रिडबाट लोनमा, २००७ देखि २०११ सम्म एट्लेटिको म्याड्रिडबाट खेलेका थिए । उनले सन् २०१२ देखि २०१६ सम्म सेभिल्लाबाटै खेलेका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७