नेयमारमाथि यौन शोषण गरेको आरोप


१९ जेष्ठ २०७६, आईतवार
neymar

काठमाडौं, १९ जेठ । ब्राजिलियन स्टार फुटबलर नेयमारमाथि एक महिलाले यौन शोषण गरेको आरोप लगाएकी छिन् । साओ पाउलो प्रहरीमा ती महिलाले नेयमारमाथि आरोप लगाउँदै रिपोर्ट गरेकी हुन् ।

नेयमारले एक होटेलमा आफूमाथि यौन शोषण गरेको आरोप ती महिलाले लगाएकी हुन् । तर यस विषयमा नेयमारले कुनै पनि प्रतिक्रिया दिएका छैनन् । उनी अहिले कोपा अमेरिका कपका लागि ब्राजिलको राष्ट्रिय टिमबाट प्रशिक्षण गरिरहेका छन् ।

प्रहरीमा दर्ता भएको अभियोगमा महिलाले आफ्नो नाम गोप्य राखेकी छिन् । नेयमारको इन्स्टाग्राम अनुसार उनी पेरिसमा भेटिएकी थिइन् । उनलाई १५ मे मा नेयमारले भेट्दा ती महिला नशामा रहेको पनि जनाइएको छ ।

नेयमारका बुवा नेयमार डस सान्तोषले शनिबार ब्राजिलको ब्याण्ड टीभीलाई दिएको अन्तरवार्तामा यो फसाउने खेल मात्रै भएको बताएका छन् । अनुशासनात्मक कार्बाहीका कारण अहिले २७ वर्षीय नेयमारबाट ब्राजिल टिमको कप्तानी खोसिएको छ ।

उनी घाइते भएका करण नियमित प्रशिक्षण गर्न पनि अप्ठेरो भएको छ । कोपा अमेरिका कप १५ जुनदेखि ७ जुलाईसम्म ब्राजिलमा हुँदैछ । ब्राजिल रहेको समूह ए मा बोलीविया, भेनजुएला र पेरु रहेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७